सागमा दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजीलाई थ्रीस्टारका कोषाध्यक्ष श्रेष्ठले गरे सम्मान

काठमाडौंः रुस्लान थ्री स्टार क्लबका कोषाध्यक्ष राम श्रेष्ठ बोसले नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा करातेका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई आज शुक्रबार नगद पुरस्कारसहित सम्मान गरेका छन् ।

देशका लागि दुई स्वर्ण जितेको भन्दै मध्यपुर थिमि निवासी श्रेष्ठले अर्का मध्यपुर थिमि निवासी मण्डेकाजीलाई शुक्रबार प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।

श्रेष्ठले मण्डेकाजी बस्दै आएको होटल हिमालय कुपन्डोलमा पुगेर चेक हस्तान्तरण गरेका हुन् । मण्डेकाजीले सोमबार नेपालका लागि एकल र टिम कातामा स्वर्ण पदक जितेका थिए । जारी १३ औं सागमा दोहोरो स्वर्ण पदक जित्ने मण्डे र तेक्वान्दोकी आयशा शाक्य हुन् ।


प्रकाशित | २० मंसिर २०७६, शुक्रबार १४:४१