विदेशी बुहारीलाई सात वर्षपछि मात्रै नागरिकता दिने प्रावधानप्रति कांग्रेससहित समाजवादीको आपत्ति

काठमाडौँ : विदेशी बुहारीलाई ७ वर्ष नेपालमा बसेपछि नागरिकता दिने प्रावधानप्रति प्रतिपक्षी दलले आपत्ति जनाएका छन् । नागरिकता विधेयकमा प्रस्तावित नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिन सकिने प्रावधानप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले आपत्ति जनाएका हुन ।

आइतबार संसदको राज्य व्यवस्था समितिमा जारी नागरिकता विधेयकमाथिको छलफलका क्रममा कांग्रेस र जसपाका सांसदले वैवाहिक अंगिकृत नागरिकताका लागि सात वर्ष कुर्नुपर्ने प्रावधान राख्न नहुने धारण राखेका हुन ।

समितिमा कांगेस सांसद दिलेन्द्र बडु, अमरेश कुमार सिंह र जसपाका राजेन्द्र महतोले नागरिकता विधेयकमा सात वर्षे प्रावधान हुन नहुने बताउनुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने ‘विदेशी बुहारी’लाई सात वर्षपछि मात्रै अंगिकृत नागरिकता प्रदान गर्न सकिने औपचारिक निर्णय गरिसकेको छ। नेपाली कांग्रेसले वैवाहिक नागरिकताका लागि सात वर्षे प्रावधान मान्न नसकिने र उक्त प्रावधान संविधान विपरित भएको बताउँदै आएको छ। त्यस्तै, समितिबाट सो प्रावधान पारित गरिएकोप्रति असहमति जनाउँदै कांग्रेस र समाजवादीका सांसदहरुले नोट अफ डिसेन्ट लेखेका हुन ।

यस्तो छ नोट अफ डिसेन्ट


प्रकाशित | ७ असार २०७७, आईतवार १६:१६