ग्लोबल आइएमई अब सबैभन्दा ठूलो वाणिज्य बैंक

काठमाडौं : स्थापनाको डेढ दशक नपुग्दै मुलुकका पुराना वाणिज्य बैंकहरूलाई पछि पारेर ग्लोबल आइएमई बैंक मुलुककै ठूलो बैंक बनेको छ । जनता बैंकसँग मर्जर सफलतापूर्वक सम्पन्न भएपछि शुक्रबार ९आज०बाट संयुक्त कारोबार गर्दै रहेको ग्लोबल आइएमई २० अर्ब रूपैयाँ चुक्ता पुँजी पु(याउने पहिलो बैंक हो । राष्ट्र बैंकले बिग मर्जरको चर्चा अघि बढाइरहँदा गम्भीरतापूर्वक मर्जरलाई अघि बढाउने एकमात्र बैंकका रूपमा रहेको ग्लोबल आइएमईले जनतासहित कुल १८ बैंक तथा वित्तीय संस्थालाई एकआपसमा मर्ज गराइसकेको छ ।

दुवै बैंकको मर्जरपछि बैंकमा १ खर्ब २५ अर्ब निक्षेप पुगेको छ भने कर्जा प्रवाह करिब १ खर्ब रूपैयाँ बराबर भएको छ । यस्तै, तीन सय शाखा सञ्जाल पुग्नेछन् भने जसमा २५९ एटीएम पनि रहनेछन् । बैंकका अनुसार कुल ग्राहक संख्या पनि २० लाख नाघ्नेछन् । बैंकले ‘थपिँदैछन् नयाँ नयाँ चुनौतीः सामनाका लागि तयार एक शक्ति’ भन्ने नारासहित एकीकृत कारोबार सुरु गर्न लागेको ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । अर्थमन्त्री डा। युवराज खतिवडाले शुक्रबार कमलादीस्थित बैंकको मुख्य कार्यालयमा एकीकृत कारोबारको शुभारम्भ गर्दैछन् ।

ग्लोबल आईएमर्ई बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालका अनुसार यो मर्जरले कुल १८ वित्तीय संस्थाको सहअस्तित्व स्वीकारेको छ । जनतासँग मर्जअघि ग्लोबलले वाणिज्य बैंक कमर्ज एन्ड ट्रष्टसहित ११ संस्था मिसाइसकेको छ । यस्तै, जनता बैंकमा पनि ७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी मिसिएका छन् ।

“त्यसैले ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर भनेको २ संस्थाको मात्र नभई १८ वटा संस्था मिलेर एक संस्था हुन लागेको अवस्था हो,” ढकाल भन्छन् ।

मर्जरपछि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री नै एकीकृत बैंकको सीईओ हुनेछन् । यस्तै, अध्यक्षमा ग्लोबल आइएमईकै अध्यक्ष चन्द्रप्रसाद ढकाल एकीकृत बैंकको अध्यक्ष हुनेछन् भने सञ्चालक समितिमा ग्लोबलबाट तीन र जनताबाछ २ जनामात्र सञ्चालक रहेनछन् ।


प्रकाशित | २० मंसिर २०७६, शुक्रबार १२:४२