सागमा लागतार दुई स्वर्ण जित्ने खेलाडी बनिन् निमा

काठमाडौँ: अहिले तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ । नेपालले हालसम्म ३९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ । बिहिबार भएको उसुको नानछ्वान अलराउन्डमा निमा घर्तिमगरले स्वर्ण पदक जितेकी छिन् ।

उनले खेलको पहिलो राउन्डमा ९.१३ अंक जोडिन् भने दोस्रो राउन्डमा जोडीन् । समग्रमा १८।९१ अंक प्राप्त गर्दै उनले स्वर्ण पदक जितेकी हुन् । यससँगै उनी उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने खेलाडी बनेकी छिन् ।


प्रकाशित | १९ मंसिर २०७६, बिहीबार ११:४१