भिषा वा श्रम स्वीकृतिको म्याद सकिएर नेपाल नफर्की नहुने अवस्था भए शिघ्र सम्पर्क गर्न आग्रह

बहराईन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) बहराइनले भिषा वा श्रम स्वीकृतिको म्याद सकिएर अथवा अन्य कारणले नेपाल नफर्की नहुने आपतकालीन अवस्था रहे शिघ्र सम्पर्क गर्न आग्रह गरेको छ ।

एनआरएनए बहराईन अध्यक्ष लक्ष्मी गिरीले नेपाल सरकारले नेपाल प्रवेशमा प्रतिबन्ध लागिरहेको बखतमा भिसा वा श्रम स्वीकृतिको म्याद सकिएर अथवा अन्य कारणाले नेपाल नफर्की नहुने आपतकालिन अवस्था भए राजदुतावास बहराईन अथवा गैर आवासीय नेपाली संघ बहराईनका कुनैपनि प्रतिनिधी समक्ष शिघ्र सम्पर्क गरि सोको जानकारी गराउन हुन अनुरोध गर्नुभएको हो ।

कोरोना भाइरसले विश्वब्यापी महामारी लिइरहेको अवस्थामा आफु बच्न र अरुलाई पनि बचाउनको लागि सतर्क रहन भन्दै अध्यक्ष गिरीले नियमित साबुन पानिले हात धुने र सावधानी अपनाउन हुन पनि अनुरोध गर्नुभएको छ । साथै अत्यावश्यक अवस्था वाहेक भिड–भाड हुने कुनै पनि स्थल वा घर बाहिर ननिस्कन र स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशन र अन्य सरकारी नीति नियमको पालना गर्दै प्रतिबन्धित क्षेत्रमा नजान पनि अध्यक्ष गिरीले एक बिज्ञप्ति जारी गर्दै अपिल गर्नुभएको छ ।


प्रकाशित | ८ चैत्र २०७६, शनिबार १७:०१