‘मिस लुमियर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सिम्रन

काठमाडौं : ‘मिस लुमियर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सुनसरी धरानकी सिम्रन श्रेष्ठ सहभागी हुने भएकी छन् । ७ डिसेम्बरमा मलेसियामा हुने फाइनलमा नेपालबाट श्रेष्ठ सहभागी हुनेछिन् । प्रतियोगिताको तालिम र अन्य कार्यक्रम भने १ डिसेम्बरदेखि सिंगापुरमा हुने आयोजकले जानकारी गराएको छ ।

श्रेष्ठ मिस पूर्वाञ्चल २०१७ की फस्ट रनर अप हुन् । श्रेष्ठले दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । धरानको महेन्द्र बहुमुखी क्यामपसमा बीबीए अध्ययनरत तालिमका लागि ३ नोभेम्बरमा सिंगापुर जानेछिन् ।


प्रकाशित | १६ मंसिर २०७६, सोमबार १९:१८