एनआरएनए यूएईको अध्यक्षमा प्रकास कोइराला निर्वाचीत (कार्यसमितिको नामावलीसहित )

यूएई : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूएईको अध्यक्षमा प्रकास कोइराला निर्वाचीत हुनुभएको छ । एनआरएनए यूएईको आगामी (२०१९ – ०२१ ) कार्यकालको लागि अध्यक्षमा कोइराला निर्वाचीत हुनुभएको हो । त्यस्तै,आइसिसी सदस्यहरुमा ठाकुर ढुंगाना नेत्र प्रसाद शर्मा र राजु केसी निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा राजन खतीवडा, निरञ्जन सिलवाल, पासाङ शेर्पा, महासचिवमा निश्चल दाहाल, सचिवमा जीवन दास र रमेश परियार, कोषाध्यक्षमा विकास साही, सहकोषाध्यक्षमा फडिन्द्र ढकाल, युवा संयोजकमा मदन अधिकारी, महिला संयोजकमा सोभा शर्मा निर्वाचीत हुनुभएको छ ।

त्यस्तैगरि, कार्यसमिति सदस्यहरुमा कृष्ण ठाकुर, प्रकास रायमाझी, कुमार कार्की, शम्भु पोखरेल, प्रकाश थापा, मान बहादुर सुनार खाती, गोविन्द पराजुली, सुशील खत्री क्षेत्री, अमित पाण्डे, सुजना सापकोटा, कमल मो मिया, बीरेन्द्र खड्का, सरस्वती न्यौपाने कोइराला निर्वाचीत हुनुभएको छ ।

एनआरएनए यूएईको क्षेत्रगत प्रतिनिधिमा बीरेन्द्र कुमार नर्कमी सारजाह, शेर सुनार फुजेराह, वेद प्रकास पोखरेल अजमान, राजन अधिकारी अल ऐनलाई चयन गरिएको छ ।


प्रकाशित | ७ भाद्र २०७६, शनिबार १२:०९