प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ २५ सदस्यीय मन्त्रीपरिषद्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । । जसमा घनश्याम भुसाल कृषि मन्त्रालय, बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लेखराज भट्टलाइ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रामेश्वर राय यादवलाइ श्रम रोजगार तथा सामाजिक र पार्वत गुरुङलाई महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

त्यस्तै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय हेरफेर गरिएको छ । यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएको छ भने कानुनमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिइएको छ । अन्य मन्त्रीलाई भने ययावत राखिएको छ ।


प्रकाशित | ४ मंसिर २०७६, बुधबार २२:२२