दोलखामा एमाले उम्मेदवारहरुलाई स्थानीयले गरे भब्य स्वागत (फोटोफिचरसहित)

दोलखा : आगमी मंसीर ४ मा हुने निर्वाचनलाइ लक्षित गरि नेकपा एमाले दोलखाले चुनाव लक्षित घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । अन्तर्गत आज भीमेश्वर नगरपालिकाको वडा नं.२ राम्पामा घरदैलो कार्यक्रम आयोजना गरिएको छ ।

No description available.

घरदैलोका क्रममा स्थानीयहरुले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा ध्यान दिन उम्मेदवारसँग आग्रह गरेका छन् । स्थानीयहरुले उठाएका सवालमा आफू निरन्तर लागि पर्ने नेकपा एमाले प्रतिनिधी सभा उम्मेदवार उम्मेदवार वालकृष्ण शिवाकोटीले प्रतिवद्धता जनाउनु भयो ।

No description available.

सो अवसरमा स्थानीयले राम्पा दिलढुंगा सडकको अवस्था सुधारको माग गरेका छन् । पहिला सडकको सुरुवात पनि एमालेले गरेको र यसलाई सम्पन्न गर्न पनि एमालेले मात्र सक्ने स्थानीयहरुको भनाइ छ । सुखदुखको पार्टी एमालेलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउने स्थानीयले प्रतिवद्धता व्यक्त गरेका छन् ।

No description available.

घरदैलोमा प्रतिनिधी सभाका उम्मेदवार वालकृष्ण शिवाकोटी, नेकपा एमाले दोलखाका उपाध्यक्ष एवं भीमेश्वर नगरपालिकाका निर्वाचन कमाण्डर राजेन्द्र मानन्धर, पूर्व जिसस प्रमुख तथा दोलखा प्रदेश ख निर्वाचन परिचालन कमिटी संयोजक डबल पाण्डे, जिल्ला कमिटी सदस्य मेनुका सुवेदी लगायत अन्य नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

No description available.

त्यस्तै, उम्मेदवार शिवाकोटीले दिल्ढुङ्गामा पनि चुनावी कार्यक्रम सम्पन्न गर्नु भएको छ । सो अवसरमा स्थानीयले भब्य स्वागत गर्दै एमाले उम्मेदवारलाई जिताउने  प्रतिबद्धता जनाएका थिए ।

No description available.

No description available.
No description available.

प्रकाशित | २ कार्तिक २०७९, बुधबार १०:४७