मिस नेपाल अनुष्का श्रेष्ठ एनआरएनएको सद्भावना दूतमा नियुक्त, मिस वल्डमा सहयोग गर्न अपिल

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) र मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठबीच सात बुँदे समझदारी-पत्रमा हस्ताक्षर भएको छ । एनआरएनएको सचिवालयमा भएको एक कार्यक्रमकाबीच दुवै पक्षबीच ७ बुँदे समझदारी-पत्रमा हस्ताक्षर भएको हो ।

सझदारी-पत्रमा मिस नेपाल अनुष्काले संसारभर रहेका महिला तथा युवाहरुको कार्यक्रमलाई प्रबद्र्धन गर्ने र एनआरएनले आफनो सञ्जालमार्फत मिस नेपाल अनुष्कालाई सहयोग गर्ने गरि समझदारी भएको हो । एनआएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले समझदारी पत्रको सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा एनआरएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, प्रवक्ता डिवी क्षेत्री, एनआरएनए कार्यालय प्रमुख हेमन्त दवाडी, मध्य पूर्वका उपसंयोजक मनोज गोर्खाली, भूतपूर्व डिआरसी धर्मराज गिरी, मध्य पूर्व युवा संयोजक राज रेग्मी र मिग्मार तामाङलगायतको सहभागिता थियो ।

मिस नेपाल २०१९ अनुष्का मिस वल्डमा भाग लिन बुधबार मात्रै बेलायत जाने कार्यक्रम छ । बेलायत जानुपूर्व सो समझदारी भएसँगै विश्वभरिका गैर आवासीय नेपाली संघलाई अनुष्कालाई मिस वल्डमा जिताउनको लागि सक्दो सहयोगको लागि सर्कुलर गरिने भएको छ । बेलायतमा आगामी डिसेम्बर १४ तारिखमा मिस वल्ड प्रतियोगिता हुँदैछ । जसको लागि अनुष्कालाई धेरै भन्दा धेरै भोटको आवश्यकता पर्छ ।

अनुष्काले मल्टीमिडिया अवार्ड जित्नको लागि लाईकको आवश्यक पर्छ । जसको लागि MOBSTAR एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । कुनै समय एप्समा कुनै प्राविधिक कठिनाई आयो भनेर झर्को नमानीकन रिफ्रेस वा रिइस्टाट गरिदिनु हुन समेत आग्रह गरिएको छ । हरेक फोटोको एक लाईक एक भोटको रुपमा गणना हुनेछ ।


प्रकाशित | ३ मंसिर २०७६, मंगलवार २२:१२