नेपालमै विद्युतीय गाडीको कारखाना स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।

ओलीले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको बताउँदै मुलुकको उद्योग र आर्थिक क्षेत्रको उन्नतिमा कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न पनि उद्योगीहरुलाई आग्रह गर्नुभएको हो । उद्योगीहरुलाई अवसर, अधिकार, सहुलियत दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानुनी व्यवस्था गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १७:३९