चरिकोट खाडीचौर सडक अलपत्र

दोलखा :  सरकारी ताकेतालाई वेवास्ता गर्दै निर्माण कम्पनी काममा नर्फकेका कारण चरिकोट–खाडीचौर सडक अलपत्र बनेको छ। सडक बिभाग, सडक बिस्तार आयोजना र जिल्लाका सरोकारवाला निकाय सहित जनप्रतिनिधिले काममा फर्किन पटक पटक ताकेता गरेपनि दोश्रो खण्ड अन्तर्गत मुडे–चरिकोट क्षेत्रको निर्माण कम्पनी काममा फर्किएको छैन्।

‘बर्षात सकिएर मध्य हिउँद पुग्न लागिसक्यो’ आयोजनाका एक अधिकारीले भने – ‘तपाईकै कारण ठुलो क्षती पुगिसक्यो, काममा फर्किनुस भन्दा मान्दैनन’। ति अधिकारीका अनुसार राजधानीलाई दोलखा संग जोड्ने यो सडकमा चरम लापरवाहीको बिषयमा उच्च नेतृत्व तहबाट दबाब आउदा समेत निर्माण कम्पनी फर्किने छाँटकाट देखाएको छैन।

सिन्धुपाल्चोकको खाडीचौर देखी दोलखा सदरमुकाम चरिकोट हुँदै पर्यटकीय नगरी जिरी सम्म स्विस सरकारले ४० बर्ष अघि बनाएको लामोसाँघु–जिरी सडकलाई बिस्तार गरेर दोहोरो लेनको बनाउने भन्दै सरकारले भारतिय एक्जीम बैंकको ऋण सहयोगमा ५ बर्ष अघि पहिलो चरणमा खाडीचौर बजार देखि चरिकोट सम्म ठेक्का लगाएको थियो।

दुई प्याकेजमा ठेक्का लागेको यो खण्डको पहिलो प्याकेज अन्तर्गत खाडीचौर देखि मुडेसम्म निर्माण गर्ने ठेकेदार कम्पनीले २५ मध्ये १३ किलोमिटर सडक कालोपत्रे गरिसकेको छ। भारतिय ठेकेदार सहित दुई ओटा नेपाली ठेकेदारले साझेदारीमा लिएको यो ठेक्कामा नेपाली कम्पनी गौरीपार्वती निर्माण सेवाले काम गरिरहेको छ। उसको काम समेत सुस्त छ।

यता दोश्रो प्याकेज अन्तर्गत मुडे देखी चरिकोट सम्मको ३० किलोमिटर खण्डमा भने ठेकेदार कम्पनीले बर्षात अघि नै काम छाडेर हिडेका कारण अलपत्र छ। एक भारतिय सहित दुई नेपाली कम्पनीले पाएको यो ठेक्कामा शंकर माली निर्माण सेवाले काम गरिरहेको छ। यो समाचार आजको नागरिक दैनीकमा रमेश खतिवडाले लेखेका छन् ।


प्रकाशित | १ मंसिर २०७६, आईतवार १०:२४