बँदेलको आक्रमणमा ९ जना घाइते, ३ को अवस्था गम्भिर

महोत्तरी : महोत्तरीमा बँदेलको आक्रमणमा परि ९ जना घाइते भएका छन् । जिल्लाको बर्दिवास नगरपालिका पशुपतिनगरमा बँदेलले आक्रमण गर्दा ९ जना घाइते भएका हुन । घाइतेमध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासक अनुसार आक्रमणमा घाइते घुरनी देवी महतोलाई जनकपुर अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि धरान रेफर गरिएको छ भने सुभाष आलेलाई जनकपुर अञ्चल अस्पताल र कालाबत्ती देवीलाई उपचारको लागि लालगढस्थित मोडेल हस्पिटलमा लगिएको छ ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १७:२०