नेपाल आइपुग्यो थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप

काठमाडौँ – नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आएको छ। बेलायतबाट कोभ्याक्स सुबिधा अन्तर्गत थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप नेपाल आएको हो ।

बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो। जसमध्ये ८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ। बाँकी रहेको १३ लाख १२ हजार ८० डोज खोप आज काठमाडौं आइपुगेको हो।


प्रकाशित | २ फाल्गुन २०७८, सोमबार ११:२७