जिप दुर्घटनामा पूर्व सासंद रुद्रमणी भण्डारीसहित २ को मृत्यु, ८ घाइते

गुल्मी : सवारी दुर्घटना परी पूर्व सासंद रुद्रमणी भण्डारीको मृत्यु भएको छ। गुल्मीको मुसिकोट नगरपालिका १ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्ने पूर्व सासंद रुद्रमणी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परि मालिका गाउपालिका १ का रोशर विकको पनि मृत्युु भएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको प्रहरीले जनाएको छ । जिपमा १० जना सवार रहेको बताइएको छ ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १०:२७