अस्ट्रेलियाबासी नेपालीलाई राजदूतको अपिल: अनुष्कालाई मिस वर्ल्डमा जिताउन सहयोग गर्नुस

काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले बेलायतमा डिसेम्बर १४ मा आयोजना हुन लागिरहेको मिस वल्र्डमा मिस नेपाल अनुष्का श्रेष्ठलाई जिताउने अभियानमा सहयोग गर्न सम्पूर्ण अस्ट्रेलियामा बसोबास गर्नुहुने नेपाली समुदायलाई आग्रह गर्नुभएको छ ।
बेलायतको राजधानी लन्डनमा हुन गईरहेको मिस वल्र्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ सहभागि बन्दै हुनुहुन्छ ।

अनुष्का श्रेष्ठ अस्ट्रेलियामा अध्ययन गर्नुभएको एक प्रतिभावान विद्यार्थी रहेको बताउँदै राजदूत दाहालले सहयोगको लागि सम्पूर्ण अष्टेलियामा बसोबास गरिरहनु भएको नेपालीहरु समुदायलाई आग्रह गर्नुभएको हो ।

राजदूत दाहालले शुभकामना सन्देश दिर्दै भन्नुभएको छ, ‘मिस नेपालको तालिमको दौरानमा त्यस प्रतियोगिताको एक प्रशिक्षक भएको नाता र अस्ट्रेलियाको लागि नेपाली राजदूतको नाताले उनलाई नेपालको गौरव, नेपालको शान बढाउन र मिस वल्र्डमा जिताउनको लागि सम्पूर्ण अस्ट्रेलियामा बसोबास गरिरहनु भएको नेपालीहरुको पूर्ण सहयोगको आशा गर्दछु र सहयोग पुर्र्यादिनु हनु विनम्र अनुरोध गर्दछु ।’

अनुष्का मिस नेपाल प्रतियोगितामा सहभागीता जनाउनु पुर्व अष्ट्रेलियाको एक बैंकको कर्मचारीका रुपमा कार्यरत हुनुहुन्थ्यो । अनुष्का मिस नेपाल २०१९ का लागि भनेर अष्ट्रेलिया देखि बैंक कर्मचारीको जागिर छाडेर नेपाल आउनुभएको थियो । अनुष्काले नेपाल लगायत अष्ट्रेलियामा मिस नेपाल २०१९ सहित अन्य सौन्दर्य प्रतियोगिताहरू समेत जित्नु भएको छ ।

मिस नेपाल वर्ल्ड २०१९’ तीब्र तयारी गरिहनु भएको अनुष्काले विश्वभरी रहनु भएको नेपाली समुदायसँग सहयोगको लागि अपिल गरिरहनु भएको छ । मिस वल्र्डको ‘मल्टिमिडिया अवार्ड’मा सर्वाधिक भोट पाउने प्रतियोगी उत्कृष्ट २० मा सोझै पुग्नेछन् । यसका लागि अनुष्कालाई धेरै भन्दा धेरे भोट गर्न आवश्यक छ । अनुष्का, नेपाली जनताबाट सहयोगको अपेक्षा गरिरहनु भएको छ ।

मल्टीमिडिया अवार्ड जित्नको लागि लाईकको आवश्यक पर्छ । जसको लागि MOBSTAR  एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । कुनै समय एप्समा कुनै प्राविधिक कठिनाई आयो भनेर झर्को नमानीकन रिफ्रेस वा रिइस्टाट गरिदिनु हुन समेत आग्रह गरिएको छ । हरेक फोटोको एक लाईक एक भोटको रुपमा गणना हुनेछ ।


प्रकाशित | २१ कार्तिक २०७६, बिहीबार १७:४१