एनआरएनएको विश्व सम्मेलनमा जे देखियो…(विशेष रिपोर्ट )

केवी क्षेत्री

गैर आवासीय नेपाली संघ गैर राजनीतिक र गैरनाफामूलक संस्था भन्ने बुझेर आजभन्दा करिव ६ वर्षअघि यस विषयमा सामान्य ढंगले कलम चलाउँदै आएको छु । विशेष गरि यस अवधिमा एनआरएनका हरेक गतिविधीलाई नजिकबाट नियालेर अगाडि बढ्ने र एनआरएन अभियानलाई बुझने तथा चिन्ने मौका मिलेको छ । लामो समयदेखि निरन्तर गैर आवासीय नेपालीका विषयमा कलम चलाएर होला यसका हरेक गतिविधीका विषयमा बढी चिन्ता र चासो बढ्न थाल्यो । पत्रकारिताको करिव एक दसकको अनुभवमा ६ वर्ष एनआरएनको विषयमा कलम चलाउँदै गर्दा मैले एनआरएनलाई सोच्ने गरेको र वास्तावीकतामा फरक हुँदै गयो । किनकी कलम चलाउँदै गर्दा धेरै ब्यक्तीहरुलाई नजिकबाट चिन्ने र बुझने तथा एनआरएनसँग भिज्ने मौका मिल्यो ।

यस अवधिमा एनआरएन पत्रकारिताको अनुभव निकै चाखलाग्दो र रोमाञ्जक बन्दै गएको छ । विशेष गरि मैले एनआरएनएको आठौं र नवौ विश्व सम्मेलनलाई प्रत्यक्ष देख्ने र भोग्ने तथा अनुभव गर्ने अवसर पाए । आठौं सम्मेलनमा एनआरएनएको विषयमा लेख्दै गर्दा आफैमा निखारपन आएको थिएन । किनकी विश्वभरीको त्यो नेटवर्कसम्म मैले पुग्न सकेको थिएन । आठौं विश्व सम्मेलनपछि एनआरएनएका हरेक गतिविधीमा मेरो लेखन केन्द्रित हुँदै गयो । एउटै विषयमा निरन्तर कलम चलाउँदै गर्दा विश्वभरी रहेका ८१ एनसिसीमध्य धेरैजसो सँग मेरो सम्बन्ध विस्तार हुँदै गयो । दुई वर्षको समयमा त्यती धेरै नेटवर्कसम्म पुग्नुमा मेरो ठूलो मिहिनेत र कडा परिश्रम नै थियो । नेपालमा बसेर प्रवासको विषयमा कलम चलाउँनु लगभग २४ घन्टा नै अलर्ट हुनुपथ्यो । त्यती गर्न नसकिए प्रवासको विषयमा नत लेख्न सकिन्थ्यो नत सम्बन्ध स्थापीत गर्न नै सकिन्थ्यो । दुई वर्षको अवधिमा मैले एनआरएनएको एनसिसी र एनसिसीको कार्यसमिति सदस्यसम्मको पहुँच राख्दै गए जसले मेरो एनआरएनएलाई हेर्ने दृष्टिकोण र भित्री बुझाईमा फरकपन ल्यायो ।

दुई वर्षको अवधिमा एनआरएनका हरेक क्षेत्रीय बैठक तथा सम्मेलन, हरेक गतिविधी तथा हरेक एनसिसीका बैठकसम्म केन्द्रित भएर कलम चलाउने अवसर मिल्यो । त्यही भएर होला विश्वभरी सबैको विश्वास पनि जित्दै गए । कारण, आफैमा इमानदारीता र विश्वसनीयता थियो । मैले धेरै जसो क्षेत्रीय सम्मेलनमा प्रत्यक्ष सहभागि हुने मौका नपाए पनि केहि सम्मेलन तथा बैठकमा भने सहभागि हुने मौका मिल्यो । आयोजकले बोलाएको कार्यक्रममा सहभागि पनि भए र नबोलाएको कार्यक्रममा आयोजकलाई नत इन्भाईट गर्न दबाब दिए न त कुनै स्वार्थ नै राखे । किनकी म चाहान्थे प्रवासको पत्रकारिता भित्रैदेखि बुझन सकियोस । सञ्चारकर्मी आफैले कुनै स्वार्थ राख्यो भने त्यहाँ न त विश्वास हुन्थ्यो न त भित्री कुरा नै जानकारीमा आउथ्यो ।

दुई वर्ष पनि नभन्दै सकिंँदै थियो । संघको नवौ विश्व सम्मेलन पनि नजिकिंदै गयो । सम्मेलन जती नजिकिंदै गयो त्यती धेरै मेरो ब्यक्तीगत सक्रियता पनि झनै बढ्यो । सक्रियता यस अर्थमा कि बढी भन्दा बढी एनआरएनएका समाचार प्रकाशन गर्नु । एनआरएनएको विश्व सम्मेलन नजिकिंदै गर्दा उम्मेदवारी घोषण गर्ने क्रम बढ्दै गयो । तर यस पटक मैले एनआरएनलाई नजिकबाट बुझेको हुनाले मैले उम्मेदवारी घोषणाको समाचार पनि छनौट गर्दै प्रकाशन गर्न थाले । एनआरएनमा योगदान गरेका, राम्रो छवी बनाएका, संस्थाको लागि आवश्यक, योग्य र सक्षम तथा काम गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिर्दै गए । सम्मेलन नजिकिंदै थियो, सम्मेलन अगावै नेपालीहरुको महान चार्ड बडा दसै परेको थियो । दसैंमा छोटो समय गाउँमा बसेर लगत्तै काठमाडौं फर्किए । संघको सम्मेलन १५ तारिखमा थियो, दसै मनाउन ५ तारिखमा गएर लगत्तै ९ तारिखमा काठमाडौं फर्किहाले । कारण, संघको विश्व सम्मेलनलाई यस पटक नजिकबाट बुझनु थियो । काठमाडौंमा ९ तारिख बेलुका आएसँगै एनआरएन चुनाव केन्द्रित हुँदै कलम चलाउन थाले । भोलीपल्ट १० तारिखदेखि दरबार मार्ग केन्द्रित बसाई थाले ।

एनआरएनएका उम्मेदवारसँग भेटभाट तथा छलफलमा केन्द्रित भए । एनआरएनमा खडा भएका दुई प्यानल दरबार मार्ग आसपासका दुई छुट्टाछुट्टै होटलमा केन्द्रित थिए । यस पटक एनआरएनएलाई नजिकबाट बुझने निर्णय बमोजीम दुवै प्यानल बस्ने होटल आसपास छुटैै होटलमा रुम  लिए । कारण दुवै प्यानलका उम्मेदवार र एनआरएनसँग भेटघाट गर्न सकियोस । दुवै प्यानलका कुरा बुझनु थियो । १० तारिख बेलुका देखि १५ तारिख बिहानसम्म मेरो बसाई दरबार मार्ग आसपास रह्यो । अन्य ठाउँ कतै जानु पर्ला भनेर भाडामा गाडी समेत ब्यवस्था गरेर बसेको थिए । पाँच दिनको समयमा कुनै पनि रात सुत्न पाइएन । दुवै प्यानलको गोप्य छलफल र बैठक तथा एनआरएनको चुनाव केन्द्रित भएर बुझन थाले । यो अवधिमा एनआरएनएको प्यानल खडा गर्ने देखि लिएर एनआरएनमा आर्थिक चलखेल कती हुँदो रहेछ भन्ने आफनै आखाँले स्पष्ट देख्न पायो । आफूलाई आर्दश र नैतिकवान तथा इमानदार र ठूल्ठूला भाषणा गर्नेका चर्तीकलालाई नजिकबाट बुझने अवसर पाए । एनआरएनएको चुनावमा आर्थिक चलखेल डरलाग्दो हुदोरहेछ भन्ने मेरो बुझाई रह्यो । मैले एनआरएनलाई जसरी बुझेको थिए तर चुनावमा देखिएका ती विकृती आफनै आखाँले देख्दा लाग्यो, ती आर्दश, कोट पाइन्ट र टाई सुट त देखाउने दाँत रहेछन् । यी सबै बाहिरी देखाउने दाँत रहेछन् । दुई होटलमा नेताहरुको प्रवेश र उम्मेदवारसँग प्रतिनिधि तथा उम्मेदवारी र्फीता गर्नेको बार्गेलिगं झनै डरलाग्दो र एनआरएनएको लागि बदनामीपूर्ण देखियो ।

रातारात करोडपति

१५ तारिख बेलुकाको कुरा हो, एक जना उम्मेदवार हायात होटलको क्यावीनमा कुराकानी गर्दै थिए । ती उम्मेदवारको कुराकानी चल्दै थियो, आफना प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हराउने ? हराउन के गर्नुपर्ला ? उनीसँगै तीन जना बसिरहेका थिए । वार्तालाभ चल्दै गयो, उम्मेदवारसँगै सहभागिमध्य एक जनाले भने, एक करोड दिनूस दुई सय मतको ग्यारेन्टी गर्छौ । उम्मेदवार भने अली बढी भयो अली घटाउन सकिन्न भन्दै थिए, अर्का एक ब्यक्तीले थप्दै भने, भैगो ९० लाख दिनुस । कुरा त्यतीमै रोकियो, उम्मेदवार दुई सय मतको लागि ९० लाख दिन राँजी भए । तेस्रो ब्यक्तीको हातमा नगद पैसा दिने सझदारीसँगै उनीहरु त्यहाँबाट उठे र पैसाको डिल सकियो । यो त एउटा उदाहरण मात्र हो, यस्ता कयौ घटना यस पटकको निर्वाचनमा स्वयं आखै अगाडि देख्नु पर्यो ।

अर्को एउटा ताजा घटना स्मरणमा छ, एक जना उम्मेदवारले जो पहिल्यै उम्मेदवारी घोषणा गरेर मनोनयन दर्ता समेत गरेका थिए । ती उम्मेदवारले आफनो पदमा उम्मेदवार दिएका अर्का उम्मेदवारसँग पैसाको डिल गर्दै आफनो उम्मेदवारी फीर्ता लिएको घटना भने झनै डरलाग्दो र एनआरएनको इतिहासमा सबैभन्दा घिनलाग्दो बनेको छ । ती उम्मेदवार एक उम्मेदवारसँग वार्गेलिगं गर्दै अर्का सोही पदमा उम्मेदवार दिएका अर्को ब्यक्तीसँग समेत वार्गेलिगं गर्न थालेपछि झन्डै उनको बेइज्जत मिडियामा पुगेको थियो । उनले आफनो तर्फबाट झन्डै दुई करोड खर्च भएको भन्दै सोही वरावरको रकम उपलब्ध गराए मात्र मनोनयन दर्ता फीर्ता लिने डिल गरेका थिए । तर अन्तिममा तेस्रो उम्मेदवारसँगको डिल गर्न नसकिएपछि उनले आफनो कुरा मिडियामा आउने डरले उम्मेदवारी फीर्ता लिएका थिए । ती उम्मेदवारले एक रातमै करोडको आम्दानी गरेको गोप्य सूचना हामीले प्राप्त गरेका छौ । सोही पदमा उम्मेदवारी दिएका अर्का तेस्रो ब्यक्तीलाई पनि उम्मेदवारी फीर्ता लिए दुई करोड दिलाइदिने अफर आएको रहेछ । उनले भने त्यो अफरलाई रिजेक्ट गरेका थिए ।

होटलका कोठाकोठा र शौचालयमा समेत पैसाँ बाँडियो

हाम्रो निगरानी २४ सौ घन्टा चलिरहेको थियो । कुरा १६ तारिखको हो, इलेक्टीक मेसिनबाट मतदान हुन नसकेपछि भोलीको लागि कागजबाट मतदान गर्ने भनेर मतदान रद्द भइसकेको थियो । संयोग भन्नुपर्छ, रातको करिव ११:४५ को समय हुनुपर्छ, शौचालय पुगेको थिए, त्यसै समयमा आइसिसी पदाधिकारीमध्येका एक उम्मेदवार शौचालय प्रवेश गर्ने कर्नरमा अर्का एक जना सहयोगी बोकेर झोलाबाट पैसा बाँडिरहेका रहेछन, मेरो आँखाले झट्ट देख्दा एक लाखको बिटो जस्तो लाग्थ्यो, एक जना सहयोगीको झोलाबाट निकालेर अर्को ब्यक्तीलाई दिलाए र भने, भोट दायाँबाया नगर्नु स है । म त्यत्ती नै बेला केहि समय अडिरहे ती उम्मेदवारले मलाई झल्यास हेरिरहेका थिए । त्यसपछि म शौचालय भित्र प्रवेश गरे ।

सोही साझको अर्को रोचक घटना पनि छ ।  हायात होटलको क्यावीनमा बसिरहेको थिए । त्यही बेला आफूहरुलाई मध्य पूर्वको एक देशको प्रतिनिधि बताउने पाँज जना ब्यक्तीहरु एक आपसमा आफनो गुनासो पोखिरहेका थिए । सोही समयमा म उनी बसेसँगैको अर्को टेवुलमा बसे । उनीहरु भन्दै थिए, हामी विदेशमा पनि बेचियौ स्वेदशमा पनि बेचीयौ । हाम्रो नाममा ठूलाठालूले पैसा लिएर हाम्रो मतको अपमान गरे । उनीहरुको गुनासो थियो, वास्तावमै उम्मेदवारले बाँडेको पैसा हामीले पाउनुपर्ने थियो । ठेकेदार र हाकीम भन्नेहरुले मात्र पाए र हामीलाई भोट बैंकको रुपमा प्रयोग गरे । एनआरएनको चुनावमा यी केहि उदाहरण र चुनावमा कतीसम्म विकृति मौलाएको रहेछ तथा आर्थिक चलखेल भएको रहेछ भन्ने केहि घटना मात्र हो । यस्ता घटना दर्जनौ छन् ।

रर्जीष्टेसन शूल्क हालीदिनेदेखि टिकटसम्म काटेर भोट हाल्न काठमाडौं ल्याइयो 

एनआरएनए चुनावमा प्रतिनिधिको रजीष्टेशन शूल्क तिरीदिनेदेखि टिकट सम्म काटेर भोट हाल्न ल्याइएको पाइएको छ । यस पटक प्रतिनिधिलाई भोट बैंकको रुपमा भेडा ब्राखा जसरी विभिन्न आर्थिक लाभ गराएर भोट किन्ने काम भएको छ । यतीसम्म बेथिती र विकृति देखियो कि रजीष्टेशन शुल्क र टिकट त छदै छ काठमाडौंमा डिंक पार्टी गराउन सम्म उम्मेदवारले खर्च गरिदिएका छन् । यसले गर्दा प्रतिनिधिको मनोविज्ञानमा कस्तो असर पर्यो भन्ने लेखाजेखा सहजै गर्न सकिन्छ ।

राजनीतिकरणको नाममा ठूला पार्टीका नेताको कमाई खाने भाँडो 

गैर आवासीय नेपाली संघको इतिहासमा यो पटक सबैभन्दा धेरै राजनीतिकरण भएको छ । एनआरएनएभित्र भएको राजनीतिकरणको सबैभन्दा बढी फाइदा भने नेपालका ठूला पार्टीका नेताले नै लिएका छन् । विदेशमा रात दिन नभनी श्रम गरेर कमाएको पैसामा नेताहरुले रंजाई नै गरेका छन् । यसको मुख्य कारक भने एनआरएन नै हुन । आफूलाई प्यानलमा पारिदिन एनआरएनएका ठूला नेतालाई दबाब दिने र एनआरएनएमा नेताहरुको भूमिका खोज्नु आफैमा गलत थियो । जसले गर्दा नेपालका नेताहरुको शक्ती देख्ने एनआरएनएका नेताहरुले उल्टै नेपालका ठूला पार्टीका नेताहरुलाई लाखौ बुझाउन बाध्य भए ।

चुनावमा ५० करोड चलखेल भएको अनुमान

यस पटकको गैर आवासीय नेपाली संघको चुनावमा झन्डै ५० करोडको आर्थिक चलखेल भएको अनुमान गरिएको छ । विभिन्न उम्मेदवारहरुले भोटको लागि गरेको खर्च र रजिष्टेशन शूल्क, टिकटमा गरिएको खर्च, ठूला पार्टीका नेतालाई दिइएको सहयोग, प्यानलमा दिइएको रकम जोड्दा ५० करोड खर्च भएको अनुमान गरिएको हो ।

एनआरएनको साख गिर्दो र भविष्य संकटमा

एनआरएनएको चुनावी प्रक्रियालाई भित्री ढंगले बुझने हो भने अब एनआरएन सोझा सिधा तथा पैसा नभएका ब्यक्तीहरुको संस्था रहेन कि भन्ने आभास हुन्थ्यो । किनकी एनआरएनमा योगदान गरेका, एनआरएलाई माया गर्ने, भलो चिताउने तर आर्थिक रुपमा सम्पन्न भईनसकेका ब्यक्तीहरु यो संस्थामा आउँन असम्भव प्राप्य भएको छ । किनकी चुनाव जित्न एउटै उम्मेदवारले कम्तिमा पाँच करोड खर्च गर्नुपर्ने अवस्था सृजना भइसकेको देखिन्छ । त्यसैले यस पटक एनआरएनको चुनावको नाममा भएका बदनामी सबैभन्दा घातक छन् । एनआरएनएका सस्थापक अध्यक्ष उपेन्द्र महत्तोले जुन उद्देश्य राखेर संस्थालाई जन्म दिनु भएको थियो, आज भने संस्थाको उद्देश्यमाथि गम्भिर प्रहार भएको छ । त्यसै भएरै होला महत्तो यस पटकको सम्मेलनमा सहभागि हुनु भएन ।

साथै पूर्वअध्यक्षहरु देवमान हिराचन, शेष घले र जीवा लामिछानेले यस पटकको एनआरएनएको चुनावी प्रक्रियाले एनआरएनएको भविष्य संकटमा परेको भन्दै चिन्ता ब्यक्त गरिरहनु भएको छ । त्यसो त एनआरएनएको गिर्दो साख र इमेजलाई जोगाउन नवनिर्वाचीत कार्यसमितिले धेरै मिहनेत र काम गर्नुपर्ने देखिन्छ । विगतका कमी कमजोरी हुन नदिन सबैभन्दा पहिला एनआरएनको चुनावी प्रक्रियालाई सुर्धान आवश्यक देखिन्छ नत्र यो पटकको जस्तै आगामी दिनमा पनि यस्तै बेथिती र विकृति देखिएमा एनआरएनएको अस्तित्व सम्राप्त हुनेमा कसैको दुई मत नहोला ।


प्रकाशित | ३ कार्तिक २०७६, आईतवार २२:३३