एनआरएनए सेसेल्सद्धारा शेर्पालाई २ लाख ६ हजार आर्थिक सहयोग

काठमाडौं – रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नम्बर १ बालुवा निवासी बर्ष ४६ का पासाङ निमा शेर्पाको उपचारका लागि एनआरएनए सेसेल्सले नगद २ लाख ६ हजार एक सय सन्तानब्बे रूपैयाँ सहयोग गरेको छ।

एनआरएनए सेसेल्सका पञ्जीकृत सदस्य निरोज प्रकाश गिरी र मोहन थापाले बुधबार अस्पतालमा बिरामीलाई भेटेर उनका परिवारलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नम्बर १ बालुवा निवासी बर्ष ४६ का पासाङ निमा शेर्पाको २ बर्ष अगाडि रुखबाट लडेर मेरुदण्ड भाँचिएको र निरन्तर उपचारका क्रममा झन्डै २० लाख सकि सक्दा पनि स्वास्थ्य स्थितिमा सुधार आएको छैन ।

अत्यन्त विपन्न परिवारका उनको आफ्नो भएको धन सम्पत्तिले उपचार गर्न नपुगेको र परिवारका सदस्यहरूको पनि आम्दानीको स्रोत केही नहुँदा ऋण खोजेर उपचार गर्दा गर्दा अब ऋणको बोझ धान्न पनि नसक्ने अवस्था रहेका पासाङ निमा शेर्पा हाल काठमाण्डौ ट्रमा सेन्टरमा उपचारत छन्। उनी अस्पतालको शैश्याबाट आर्थिक सहयोगको लागि अनुरोध गरिरहेका छन् ।

शेर्पा परिवारले इच्छुक महानुभावहरुबाट सहयोगको अपेक्षा गरेको छ ।  सहयोग गर्न इच्छुक ब्यक्तिहरूले निम्न फोन नम्बरमा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुने बताइएको छ ।

सम्पर्क नम्बर

+9779866458936, 9843153347,9864200556

खातावालाको नाम

Pema Wangyal Sherpa

सनराइज बैक

बैंक खाता नम्बर:116067243620500


प्रकाशित | २९ मंसिर २०७८, बुधबार २१:२३