एनआरएनए अष्ट्रेलियाको पहिलो बैठक: स्पोर्ट्स फण्डमा १२ हजार डलर छुट्याउने निर्णय

मेलवर्न : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको नयाँ कार्यसमितिको पहिलो बैठक विभिन्न महत्वपूर्ण निर्णय गदै सम्पन्न भएको छ । आगामी २०१९-०२१ कार्यकालको लागि निर्वाचीत नयाँ कार्यसमितिले पदभार ग्रहणपछि पहिलो बैठक बसेको हो ।

बैठकले निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको छ । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलको अध्यक्षतामा बसेको बैठकले अग्रजहरुलाई सम्मान गर्दै धन्यवाद ज्ञापन गरेको हो ।

बैठकले सर्वसम्मत निर्णय गर्दै नयाँ परिपाटीको थालनी समेत गरेको छ । बैठकले अष्ट्रेलियामा रहेका युवाहरुलाई लक्षित गर्दै स्पोर्ट्स फन्डमा १२ हजार अष्ट्रेलिया डलर पनि छुटाउने निर्णय गरेको छ । अध्यक्ष कँडेलले पहिलो बैठक निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताउँदै अब एनआरएनए एनसिसी नयाँ ढंगले अगाडि बढाइने बताउनुभयो ।

अध्यक्ष कँडेलले आफूले निर्वाचन प्रतिबद्धतापत्रमा समेत उल्लेख गरेको स्पोर्ट्स फन्डको स्थापना र फन्डको ब्यबस्था, अष्ट्रेलिया फाउन्डेसन र नेपाली पोलिसी इन्स्टिच्युट लगायतका निर्णय कार्यान्वनको दिशामा अगाडि बढेको र सबैको साथ र सहयोग रहने विश्वास समेत ब्यक्त गर्नुभयो ।


प्रकाशित | १४ भाद्र २०७६, शनिबार १७:०१