नक्कली बिलको कारोबारमा सरकारको निगरानी

काठमाडौं: चाडपर्वको भीडभाडमा व्यापारीले बिलबिना नै कारोबार गर्न थालेको भन्दै सरकारले निगरानी बढाएको छ । राजधानीका फर्म तथा पसलहरूले बिना बिलमा कारोबार गर्न थालेको पत्ता लगाएपछि आन्तरिक राजस्व विभागले क्षेत्र छुट्ट्याएर निगरानी बढाएको हो ।

उद्योगीले नक्कली बिल बनाएर सामान राजधानी भित्र्याउने र राजधानीका पसललाई बिना बिलमा सामान दिने प्रवृत्ति मौलाएपछि विभागले सक्रियाता देखाएको छ । “मूल्य अभिवृद्धि कर ९भ्याट० तथा आयकर छल्न उद्योगीले बिना बिलबाट कारोबार सुरु गरेको भन्ने गुनासो विभागका व्यापक आएको छ,” विभागका एक अधिकारीले भने । उनका अनुसार निगरानी बढाउन विभागका महानिर्देशक विनोद कुँवरले राजधानीका २० वटा कर कार्यालयका प्रमुखलाई बोलाएर यस विषयमा चनाखो बन्न र गम्भीर हुन निर्देशन दिएका छन् ।

सरकारले केही उत्पादनमा भ्याट फिर्ता खारेज गरेपछि व्यवसायीले बिना बिलको कारोबार सुरु गरेको आशंका विभागको छ । खासगरी, वर्कसप तथा मैदा र आटा उत्पादक कम्पनीले खुद्रा व्यापारीलाई बिना बिलमा सामान बेच्ने गरेको पाइएको भन्दै त्यसतर्फ निगारानी बढाइएको विभागले जनाएको छ ।

उद्योगले उत्पादन गरेको सामानको नक्कली भ्याट बिल काट्ने, बाटोमा सामान ल्याउँदा अनुगमनकारीको फेला परेमा त्यही नक्कली बिल देखाउने, त्यो सामान ल्याएर काठमाडौंमा व्यापारीलाई बिना बिल बेच्न प्रवृत्ति मौलाउँदै गएपछि विभागले सबै कर कार्यालयका प्रमुखलाई पत्राचार भइसकेको ती अधिकारीले जानकारी दिए । उनका अनुसार चाडबाडमा व्यापारीले बिल बिजक लुकाएर कारोबार कम देखाएर त्यही आधारमा भ्याट÷आयकर छल्ने गरेको पाइएको छ ।


प्रकाशित | १७ आश्विन २०७६, शुक्रबार २०:४५