एनआईसी एसिया क्यापिटल एक्सप्रेस डिम्याटसेवा

काठमाडौं: एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको अवसरमा सेवाग्राहीहरूको घर(कार्यालयमै गई डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको जनाएको छ । एनआईसी एसिया क्यापिटलले वैशाख १ गतेदेखि सुरु गरेको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी बनाई अहिलेको व्यस्त समयमा सेवाग्राहीहरूलाई घर दैलोमा नै पुगी डिम्याट सेवा उपलब्ध गराई व्यक्तिको सवल आर्थिक भविष्यका लागि लगानीको महत्व तथा डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै ‘एनआईसी एसिया क्यापिटल एक्सप्रेस डिम्याट सेवा’को अभियान थालनी गरेको पनि जनाएको छ ।


प्रकाशित | ११ आश्विन २०७६, शनिबार १८:५२