हावाहुरी प्रभावीतका लागि काठमाडौं महानगरले प्रधानमन्त्रीलाई बुझायो ४० लाख

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री दैवीप्रकोप कोषमा बारा र पर्साका हावाहुरी प्रभावीतका लागि ४० लाख ३१ हजार ४ सय १३ रुपैयाँ जम्मा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गर्दै सो रकम जम्मा गर्नुभएको हो । बारा र पर्साका हावाहुरी प्रभावीतलाई विभिन्न प्रदेश, स्थानीय तहबाट समेत सहयोग रकम जम्मा भइसकेको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १९:०९