एनआरएनए यूरोप क्षेत्रीय संयोजकमा यसकारण मेरो उम्मेदवारी: सन्तोष कुमार भट्टराई

काठमाडौं: गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसी ) को नवौ विश्व सम्मेलनमा जर्मनीबाट सन्तोष कुमार भट्टराईले यूरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा भट्टराईले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

निकै सालीन र इमानदार छवी बनाउन सफल भट्टराई एक सफल ब्यवसायी समेत हुनुहुन्छ । अघिल्लो आठौ विश्व सम्मेलनमा आइसिसी सचिवको उम्मेदवार समेत रहनु भएको भट्टराईले यस पटक यूरोप क्षेत्रमा बसेर काम गर्ने चाहाना राख्नुभएको हो ।

एनआरएन निरन्तर चल्ने प्रक्रिया भएकाले एकै चोटी माथिल्लो पदमा जाने भन्दा तल्लो क्षेत्रबाटै काम गर्दै जाने मनसायले यूरोपमा बसेर काम गर्ने चाहाना भट्टराईले गर्नुभएको हो । २००५ देखि संस्थामा सक्रियतापूर्वक लाग्दै आउनुएको भट्टराईले विभिन्न जिम्मेवारी बहन गरिसक्नु भएको छ ।

उम्मेदवारी घोषणसँगै भट्टराईले भन्नुभयो, ‘नेपाली नागरिकताको निरन्तरता, नेपालको व्यापार तथा पर्यटनको प्रबर्द्धन, सिप र स्रोत साधनको परिचालन तथा मानवीय सहयोगको अलावा केहि स्थानीय विषयहरूमा पनि यो साझा तथा छाता संगठनमा छलफल र पहल हुन ज़रूरी देखिन्छ। जसमा माइग्रेशन, ईन्ट्रिगेशन, भाषा र संस्कृति, दोस्रा पुस्ता , अउपेयर लगायतका समस्या, ब्यवसायी स्थायीत्व, लगानीका सम्भावना, क्षेत्रीय कोष समस्या समाधानमा पहल गर्नेछु ‘।

एनआरएनमा योगदान

गैर आवासीय नेपाली संघ २००३ मा स्थापना भयो । भट्टराईले संघ स्थापनासँगै आफनो सक्रियता बढाउँदै लग्नुभयो । २००५ देखि  संस्थामा निरन्तर लागी रहेर विभिन्न जिम्मेवारीहरू बहन गरि थुप्रै अनुभवहरू संगाल्नु भएको छ ।’लामो यात्रामा अग्रजहरूबाट धेरै सिक्ने, साथिहरू चिन्ने र अनुभव साट्ने मौक़ा मिलेको छ, यो नै मेरो आत्मविस्वाशको आधारशिला हो। विभिन्न परोपकारी कार्यहरू, परियोजनाहरू, निति र सांगठनिक गतिविधी तथा विपत्तकालिन कामहरूमा समय समयमा जोड़िन पाएकोले पनि यो संस्था संग मोह बढेको महशुस गरेको छ’ उहाँले भन्नुभयो ।

यस्ता छन् एजेन्डा

भट्टराई भन्नुहुन्छ, ‘२००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ अहिले ९ औं विश्व सम्मेलनको पूर्व सन्ध्यामा आईपुगेको छ। यस बिचमा पंजीकृत सदस्यहरू बढ़ेका छन्, सदस्य देशहरू बढेका छन्, हिजोका उदेश्यहरू परिस्कृत भएका छन्, उत्तरदायित्व बढेको छ, अपेक्षाहरू बढेका छन्, हाम्रो दक्षता बढेको छ, हाम्रो क्षमतामा अभिबृद्धि भएको छ, त्यसैले संस्थाको नेतृत्व गर्छु भन्नेको संख्या पनि बढेको छ। यो स्वभाविक प्रक्रिया पनि हो, यसमा म पनि एउटा हिस्सा थिए र छु।’

उम्मेद्वारीको लागी मात्र उम्मेद्वारी नभई ज़िम्मेवार तवरले भावनात्मक रूपमै देशको सम्रिद्धीको अभियानको साथै हाम्रा स्यानिय आवश्यकता र समस्यामा समेत योगदान गर्नु पर्छ र त्यो ज़िम्मेवारी बहन गर्न म सक्षम छु भनेर नै नेतृत्वको लागी तैयार भएको छु। ब्यक्ति भन्दा संस्था र पद भन्दा परिणाम महत्वपूर्ण हो भन्ने कुराको राम्रो हेक्का राखेर आफ्ना विचार हरूलाई राख्ने कोशिस गरेको छु, भट्टराईले भन्नुभयो ।

भट्टराईले उम्मेदवारी घोषणा गर्दै विभिन्न एजेन्डा समेत अगाडि सार्नुभएृको छ । खास गरी नेपाली नागरिकताको निरन्तरता, नेपालको व्यापार तथा पर्यटनको प्रबर्द्धन, शिप साधन र स्रोतको परिचालन, तथा मानवीय सहयोगको अलावा केहि स्थानीय विषयहरूमा पनि यो साझा तथा छाता संगठनमा छलफल र पहल हुन ज़रूरी रहेको बताउनुभयो ।

भट्टराईले माइग्रेशन, ईन्ट्रिगेशन, भाषा र संस्कृति, दोस्रा पुस्ता , अउपेयर लगायतका समस्या, ब्यवसायी स्थायीत्व, लगानीका सम्भावना, क्षेत्रीय कोष आदि आफना प्रमुख एजेन्डा रहेको बताउनुभयो ।’प्रत्येक क्षेत्रहरूमा आआफ्नै किसीमका समस्याहरू छन्। क्षेत्रीय हिसाबले समाधानका उपायहरू पनि फ़रक फरक नै हुन्छन्। विशेषगरी यूरोप क्षेत्रमा यि विषयहरूमा कार्यदल बनाएर विषेश पहल गर्नु पर्ने आवश्यकता देखिन्’ भट्टराईले भन्नुभयो,’गैर आवासिय नेपालीहरूको ठूलो बाहुल्यता रहेको यूरोपमा हाम्रा दोश्रो पुष्ताको संख्या पनि ठूलै रहेको छ।

दोश्रो पूस्तालाई नेपाल र हाम्रो संस्कृति संग जोड्ने ठूलो चुनौति हाम्रो सामू यथावत रहेको भन्दै यूरोप अमेरीका लगायतका देशहरूमा हामी आउने क्रम सँगै समस्याहरू पनि बढेको बताउनुभयो ।

भट्टराईले थप्दै भन्नुभयो,’भाषाको कमी र कानुनको अनभिज्ञताको कारण झेल्नु परेका समस्याहरू पनि धेरै छन्। उद्यमशिल बन्दै गईरहेका कतिपय नेपालीहरूमा ब्यवसायीक ज्ञानको कमीको कारण, घटाउन सकिने समस्याहरूको कारण जोखिम उठाउनु पर्ने स्थितिलाई नकार्न नमिल्ने अबस्था छ।’

साथै, सानो पूँजिलाई लगानी गर्ने ठाऊँ नपाएर बसेका गैरआवासीय हरूको संख्या पनि प्रशस्त रहेको बताउनुभयो ।’संयुक्त लगानी र लगानीका संम्भावनाहरू खोज्ने काम पनि हाम्रै हो। नेपालको पर्यटनको सामूहिक प्रबर्द्धन गर्न सकिएको छैन’उहाँले भन्नुभयो,’अन्तराष्ट्रीय संमन्वय परिषदले विषेश निर्देशन गर्ने र क्षेत्रीय बैठक तथा सम्मेलनहरूमा यि बिषयहरूमा गहन छलफल र अध्ययन गरि कार्यदल बनाएर काम गर्दा आफ्ना सदस्यहरूको मर्मको संम्बोधन हुनुको साथै प्रभावकारी परिणाम ल्याउन सकिनेमा म विश्वस्त छु।’

‘विपतकालिन अवस्थामा राहतको निम्ति आर्थिक सहयोगको आह्वान गर्ने र संकलन गर्दा गर्दै तत्कालीन राहतको समय गज्रने र कतिपय अवस्थामा कवुल गरेको रक़म नै जम्मा नहुने कारणले प्रभवकारी सहयोग गर्न नसकेको कुरालाई महशुस गर्दै एउटा क्षेत्रीय कोषको अवधारणालाई अघि बढाउन ज़रूरी देखिन्’ उहाँले भन्नुभयो ।

भट्टराईले हाल सम्मका क्षेत्रीय बैठक तथा भेलाहरूमा यि विषयहरूमा धेरै चर्चा परिचर्चा नभएको हुनाले अबको क्षेत्रीय बैठक तथा भेलाले यि विषयहरूलाई पहिलो प्रथमिकतामा राख्ने बताउनुभयो ।


प्रकाशित | ८ आश्विन २०७६, बुधबार २०:२७