पाथीभराका तीर्थयात्री चढेको भ्यान दुर्घटना: ११ घाइते, ५ को अवस्था गम्भीर

ताप्लेजुङ : पाथीभराका तीर्थयात्री चढेको पिकअप भ्यान दुर्घटनामा परेको छ । पाथीभराबाट दर्शन गरी फर्किएका तीर्थयात्री चढेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार मे १ ज १४८६ नम्बरको भ्यान राति ९ः५० बजे सदरमुकामस्थित सुकेटार विमानस्थल नजिक दुर्घटना भएको हो । घाइतेहरु सबै बारा निजगढका भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

गम्भीर घाइते ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीया लक्ष्मी सिग्देललाई अन्य अस्पताल पठाइएको छ


प्रकाशित | २७ चैत्र २०७५, बुधबार ०७:५५