ललिता निवास प्रकरण: अख्तियारले ५८ जनालाई बयानका लागि बोलायो

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित  ललितानिवास क्याम्पभित्र पर्ने जग्गा अनियमितताका आरोपी थप ५८ जनालाई बयानका लागि बोलाएको छ ।अख्तियारले कल्पना तुलाधरसहितको नाममा सार्वजनिक सूचना नै जारी गरी म्याद सूचना प्रकासित भएको ७ दिनभित्र उपस्थित हुन भनेको छ । ७ दिनभित्र सम्पर्क राख्न नआए कानूनबमोजिम कारवाही हुने समेत भनेको छ ।

तत्कालीन सरकारले प्रचलित कानुनवमोजिमको मुआव्जासमेत दिई अधिग्रहण गरिलिएको साविक हाँडीगाउँ मौजा हा।नं ४५६ को लगत भिइने ललित निवास क्याम्पभित्र पर्ने काठमाडौं, वालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं, डिल्लीवजारका कर्मचारीहरु समेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानूनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनाधिकृत व्यक्तिलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरी अनुसन्धानको सिलसिलामा केही बुझनुपर्ने भएकोले म्याद सूचना प्रकासित गरिएको र सूचना प्रकासित गरिएको ७ दिनभित्र सम्पर्क राख्न तथा नआए कानूनबमोजिम भई जानेछ अख्तियारले भनेको छ ।


प्रकाशित | १८ भाद्र २०७६, बुधबार १२:३९