एनआरएनएको प्रथम अन्तराष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै सकियो

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नेपाली भाषा तथा साहित्य सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा तथा साहित्य उपसमितिले अमेरिकाको बोष्टनमा आयोजना गरेको प्रथम अन्तराष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

सम्मेलन समितिका संयोजक गोविन्द प्रसाद गौतमका अनुसार सम्मेलनमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा उप्रेती लगायत गैर आवासीय नेपाली संघका उपाध्यक्ष सपिला राजभण्डारी, कोषाध्यक्ष हिक्मत थापा र एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक गौरीराज जोशीलगायत दर्जनौ प्रख्यात साहित्यकारहरुको र बोस्टनबासी गैर आवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा पाँचवटा महादेशको कार्यपत्र सहित छ बूँदे बोस्टन घोषणपत्र जारी गरिएको संयोजक गौतमले जानकारी गराउनुभयो ।

सम्मेलनले जारी गरेको घोषणापत्र 

१. गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा तथा साहित्य उपसमितिले भानुजयन्तिलाई अन्तराष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रुपमा मनाउन थालेकोलाई निरन्तरता प्रदान गर्ने ।

२. साहित्यमा नोवेल पुरस्कार प्राप्त गर्नु हुने साहित्यकारहरुलाई नेपालमा आमन्त्रण गरी पर्यटनबर्ष २०२० मा आमन्त्रण गरी अन्नपूर्ण बेसक्याम्प वा सगरमाथा वेसक्याम्पमा विश्वसाहित्यक सम्मेलन गर्ने ।

. प्रत्येक महादेशमा नेपाली भाषाका कृतिहरुलाई त्यँहाका स्थानिय भाषामा अनुवाद गरी प्रकाशन गर्ने ।

. प्रत्येक दुई दुई बर्षमा नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने ।

५. प्रवासमा रहेर नेपाली भाषा साहित्यमा निरन्तर योगदान गर्ने साहित्यकार र विधाको सूचि तयार गर्ने ।

६. डायस्पोरामा रहेर नेपाली भाषा साहित्यमा निरन्तर सेवा गर्ने साहित्यकारहरुलाई छनोट गरी सम्मान गर्ने ।


प्रकाशित | १७ भाद्र २०७६, मंगलवार २०:३०