आइपी सुवेदीको कोरोना महामारीबारे इटाली अनुभव र नेपालीलाई सन्देश

इटाली पनि विगत दुई हप्तादेखि लक डाउन छ । जनतामा यती अनुशासन छ कि कोही पनि औषधि र रासन किनमेल बाहेक घरबाहिर निस्कदैनन । तर पनि यहाँको अवस्था भयावह छ । कोरोना भाइरस सँग लड्ने स्रोत र साधन सम्पन्न मुलुकमा त यस्तो हालत छ भने नेपालमा कोरोनाले महामारी लिइहाल्यो भने त्यो अवस्थाको कल्पना पनि गर्न सकिन्न । त्यसैले यो भाइरसलाई हेलचेक्रयाई, लापरवाही कदापी नगर्नुहोला । अहिलेको लागि यसको एउटै विकल्प भनेको तपाई आफै घरभित्र बसेर आफनो सुरक्षा आफै गर्ने हो भन्ने कुरा बुझनुहोला ।

आइपी सुवेदी

कोरोना भाइरसले यतिखेर विश्वभरी महामारीको रुप लिइरहेको अवस्थामा नेपालमा पनि यो भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले देशभर लक डाउन गरेको खवरले खुसी लागेको छ । तर सरकारले देशभर लक डाउन गर्दै कोरोना भाइरस संक्रमण फैलन नदिन उच्च सर्तकता अपनाए पनि सर्वसाधारणको गतिविधी भने निकै आपत्तिजनक देखिएको छ । सर्वसाधारण खुलमखुला घरबाट बाहिर निस्कीरहेको र सरकारी नियम उल्लंघन गरिरहेको मिडियामा देखिएको छ । यस्ता गतिविधीले कोरोना भाइरस विरुद्ध लड्नको लागि नभई कतै फैलाउनको लागि पो प्रोत्साहन गरिरहेका छैनौ कि भन्ने भान हुन्छ ।

ढिलौ भएपनि सरकारले राम्रो कामको शुरुवात गरेकामा नियम पालना गर्नु त कहाँ कहाँ उल्टै नियम उल्लंघन गर्नु भनेको महामारी फैलाउन सहयोग पुर्याउनु हो । तर हामीले यतिबेला सिक्नुपर्ने अनुसाशन पटक्कै देखिएको छैन । इटाली पनि विगत दुई हप्तादेखि लक डाउन छ । जनतामा यती अनुशासन छ कि कोही पनि औषधि र रासन किनमेल बाहेक घरबाहिर निस्कदैनन । तर पनि यहाँको अवस्था भयावह छ । कोरोना भाइरस सँग लड्ने स्रोत र साधन सम्पन्न मुलुकमा त यस्तो हालत छ भने नेपालमा कोरोनाले महामारी लिइहाल्यो भने त्यो अवस्थाको कल्पना पनि गर्न सकिन्न । यो भाइरसलाई हेलचेक्रयाई, लापरवाही कदापी नगर्नुहोला । नेपालमा यो भाइरसको संक्रमण फैलिहाल्यो भने नेपालको प्रविधि, स्रोत र साधनले हामीलाई धान्न सक्दैन । यसको अन्तिम विकल्प भनेको तपाई आफै घरभित्र बसेर आफनो सुरक्षा आफै गर्ने हो भन्ने कुरा बुझनुपर्छ ।

नेपाल अहिले एक महिना अगाडिको इटालीको जस्तै अवस्थामा छ । सामाजीक सञ्जालदेखि मिडियामा डाक्टर जस्तो ब्यक्तीले समेत बीना माक्स तस्विर राखेको , अन्तर्वार्ता दिइरहेको देख्दा निकै चिन्ता लागेर आउँछ । जनतामा अनुसाशन भएन भने नेपालको अस्तित्व समाप्त हुन कुनै समय लाग्दैन । यो बेलामा अत्यावश्यक काम बाहेक घरबाहिर नजानु नै सबैभन्दा ठूलो उपचार विधी हो भन्ने कुरा सबैले बुझनुपर्छ ।
सरकारले घोषणा गरेको डक डाउन उल्लंघन भइरहँदाको बखत सरकारले गर्ने भनेको अन्तिम विकल्प कफ्यू लगाउनु नै हो । यदी घर बाहिर आउनबाट जोगाउन सकिएन भने यसले भयावह रुप लिन सक्नेतर्फ सरकारले निर्णय गर्न ढिला गर्नु हुँदैन ।  नेपालमा सामान्य भन्दा सामान्य कुरा पनि पलो नगरिएको नदेख्दा, बिना माक्स हेलचेक्राई गर्दै बाहिर निस्केको देख्दा कोरोना भाइरसलाई मजाकको रुपमा लिएको देखिन्छ ।

इटालीको अवस्था बुझिरहँदा यो भाइरसबाट निकै डराउनुपर्ने अवस्था छ । यहाँ मृत्यु हुने ७० देखि ८० वर्षभन्दा माथिका छन् । यहाँको ८० वर्षका मानीस भनेको नेपालमा ५० वर्षका मानीस सरह हुन । किनकी स्वस्थ्यको दृष्टिकोणले रोगसँग लड्न सक्ने क्षमता यहाँको ७० वर्ष वरावर नेपालमा ५० वर्ष हो भन्ने बुझनुपर्छ । तर इटाली बसेर यो लेखिरहँदा मैलै भन्नैपर्ने हुन्छ, नेपालमा नियमीत स्वास्थ्य चेकजाँच छैन । नेपालमा कसलाई दिर्घरोग छ भन्ने तथ्यांक नै छैन । इटालीमा सबै तथ्यांक हुँदा पनि विकराल अवस्था छ । कुन उमेर समूहलाई कुन उपचार विधी अपनाउँदा निको हुन्छ भनेर उपचार गरिन्छ । तर नेपालमा दिर्घरोगी देखि सबै उमेरसमूहलाई एकै ठाउँमा राखेर उपचार गर्नुपर्ने अवस्था कहालीलाग्दो छ भन्ने तपाईले बुझनुपर्छ । त्यसैले तपाईको लागि सबैभन्दा ठूलो कुरा घरभित्रै बस्नु नै अहिलेलाई अन्तिम विकल्प हो ।

हो, अत्यावश्यक सामान किन्न बाहिर पनि निस्कनुपर्ला तर केहि समय तपाईले घरभित्र जे छ मिठो मसिनो त्यही खाएर पनि बस्न सक्नुहुन्छ नी । सामान्य घरमा जे छ त्यही खाँदा हुन्छ । यो बेला बाँच्नु पर्ने हो । आपत्तकालीन संकटको बेलामा बाँच्नु नै सबैभन्दा ठूलो कुरा होइन र ?
हो, घरभित्रै बस्दा अल्छी लाग्न सक्छ, तर घरभित्रै बसेर पनि राम्रा राम्रा किताव पर्ने, मनोरञ्जन लिने जस्ता विभिन्न रचनात्मक कार्य पनि गर्न सकिन्छ नी । त्यसैले कोरोना भाइरसलाई कमजोर ठानेर लापरवाही नगरौ । आफू पनि बाँचौ र अरुलाई पनि बचाउन सहयोग गरौ ।

नेपालको चितवन निवासी सुवेदी एक दसकदेखि इटालीमा बस्दै आउनुभएको छ । सुवेदी गैर आवासीय नेपाली संघ (एनआरएनए ) इटालीको उपाध्यक्ष समेत हुनुहुन्छ ।


प्रकाशित | ११ चैत्र २०७६, मंगलवार १९:०२