धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी

सुनसरी : धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित हुनुभएको छ । मतगणनाको नतिजाअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पछि पार्दै निर्वाचीत हुनुभएको हो । तिलकले २६ हजार ७ सय ९ मत पाउनुभएको छ भने प्रकाशले २३ हजार ९ सय १४ मत प्राप्त गर्नुभयो ।


प्रकाशित | १६ मंसिर २०७६, सोमबार १४:१७