चलचित्र प्रेम दिवसको ‘बरु अर्को जुनी’ (भिडियोसहित)

काठमाडौं ; नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम दिवस’को दोस्रो गीत सार्वजनिक भएको छ । शान्तीप्रियको शब्द रहेको गीतमा दीपक शर्माको सङ्गीत रहेको छ । सार्वजनिक गीतमा निशान भट्टराई र मेलिना राइले स्वर रहेको छ । गीतको भिडियोमा प्रियंका र आयुष्मानसँगै अर्का कलाकार विशाल खरेललाई पनि देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको करियोग्राफी रहेको छ ।

प्रदीप भारद्वाजले लेखेको चलचित्रलाई मानकृष्ण महर्जनले खिच्नुभएकोछ । सम्पादनको जिम्मा बनिश शाह र मिलन श्रेष्ठले लिनुभएको छ । योगेश घिमिरेको निर्देशनमा बनेको चलचित्रलाई मनिश दाहाले निर्माण गरेका हुन् । चलचित्रमा संजय न्यौपाने कार्यकारी निर्माताका रुपमा छन् ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार २१:००