नेपाल भन्सार तथा विमानस्थल श्रमिक संघ काठमाण्डौँको कार्यसमिति चयन

काठमाडौँ -नेपाल भन्सार तथा विमानस्थल श्रमिक संघ काठमाण्डौको जिल्ला समिती चयन भएको छ। नेपाल भन्सार तथा विमानस्थल श्रमिक संघ काठमाण्डौँको सातौ जिल्ला अधिवेसनले नरेन्द्र कुमार धमलाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो।

नेपाल भन्सार तथा विमानस्थल श्रमिक संघ काठमाण्डौको सातौ अधिवेसन रामप्रसाद लुइँटेलको अध्यक्षता र केन्द्रीय अध्यक्ष केदार नाथ दाहालको प्रमुख आतिथ्यतामा भएको हो।

स्विज क्याटरिङमा भएको सो अधिवेसनले जिल्ला समितीको उपाध्यक्षमा प्रेमराज पोखरेल र महिला उपाध्यक्षमा रोसनी खड्का चयन भएका छन।

त्यस्तै सो समितीको सचिवमा नवराज वन(नवीन) सहसचिवमा कल्याणी बोहरा र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठलाई चयन गरेको उक्त अधिवेशनबाट कृष्णराज भट्टराई,विकु माझी, कृष्ण बहादुर रायमाझी र कुमारी थापामगर सदस्यमा चयन भएका छन


प्रकाशित | २७ चैत्र २०७९, सोमबार २०:४१