दुई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष एमालेमा प्रवेश

रुपन्देही – रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाअध्यक्षहरू नेकपा एमाले प्रवेश गरेका छन् । सोमवार जिल्लाको रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादवसँगै ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’ र उपप्रमुख सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गर्नु भएको हो ।

यादव यसअघिको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको थियो । केवट र हरिजन भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनु भएको थियो ।

यादव नेपाली कांग्रेसका नेता एवं रूपन्देहीको क्षेत्र नं। ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रमोद यादवका सहोदर भाइ समेत हुनुहुन्छ ।


प्रकाशित | २ फाल्गुन २०७८, सोमबार १७:५१