विश्वभरीका एनसिसी अधिवेशनमा पुग्दै एनआरएनए अध्यक्षका प्रत्यासी कुमार पन्त, पोर्चुगलमा भब्य स्वागत

पोर्चुगल : गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी कुमार पन्त विश्वभरीका एनआरएनए एनसिसी अधिवेशनमा पुगिरहनु भएको छ । अहिलेसम्म सम्पन्न एनआरएनका अधिकांश एनसिसी अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुँदै आगामी अक्टोवरमा काठमाडौंमा हुन लागिरहेको विश्व सम्मेलनमा आफनो अध्यक्ष पद्मा बलीयो उम्मेदवारको रुपमा उम्भ्याइरहनु भएको छ ।

यूरोपको बेल्जियम र लग्जेम्वर्ग, डेनमार्ग सम्मेलनमा सहभागी हुँदै पन्त आज पोर्चुगलको एनसिसी अधिवेशनमा सहभागी हुन आइपुग्नु भएको छ । पन्त यूरोपेली विभिन्न मुलुकसँगै मध्यपूर्वका कतार, साउदी अरब, मलेसिया लगायतका राष्ट्रस्थित गैरआवासीय नेपाली समुदायसँग  अन्तरक्रिया एवं सल्लाह सुझाव लिन जाँदै हुनुहुन्छ ।

मध्यपूर्व भ्रमणका क्रममा विशेषतः त्यहाँ रहेका नेपाली श्रमिक, घरेलु कामदारका समस्या समाधानका विषयमा पनि उहाँले विशेष चासोका साथ छलफल गर्नुहुनेछ ।   यसका साथै सो क्षेत्रबाट नेपालमा भित्र्याउन सकिने लगानी,  नेपालमा भित्र्ने पूँजीको उत्पादनमुलक क्षेत्रमा प्रयोग लगायत अन्य प्राथमिकताका विषयमा छलफल गर्नुहुनेछ ।

यसअघि पनि पन्तले अष्ट्रेलिया, अमेरिका, लगायत विभिन्न ३० वटा मुलुकमा रहेका गैरआवासीय नेपाली समुदायसँग अन्तरक्रिया गरिसक्नुभएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूरोप संयोजक,  महासचिव एवं उपाध्यक्षमा समेत दुई कार्यकाल सफलतापूर्वक नेतृत्व गर्नुभएका पन्त संघको नेतृत्वको लागि सशक्त दाबेदार मानिनुहुन्छ ।  एनआरएन अभियानमा लामो यात्रा र अनुभव मात्रै होइन विभिन्न चरणमा उहाँले गर्नुभएको योगदान पनि उत्तिकै छ ।

एनआरएनए अभियान र यस वृत्तमा निकै जुझारी र कुशल व्यक्तित्वका रुपमा चिनिँदै आउनुभएका पन्तकै सक्रियतामा गत वर्ष काठमाडौंमा विज्ञ सम्मेलन भव्यतापूर्वक सम्पन्न भएको थियो ।

सम्मेलनमार्फत प्राप्त सल्लाह सुझावलाई समेटेर तयार पारिएको श्वेतपत्र सरकारलाई समेत बुझाइसकिएको छ । एनआरएनएको ड्रिम प्रोजेक्टहरु, लाप्राक बस्ती निर्माणदेखि शंखमुल पार्क, संघको  आफ्नै भवन निर्माण, १० अर्बको लगानी कोष स्थापना लगायतमा उहाँको सक्रिय सहभागिता रहँदै आएको छ ।

निवर्तमान अध्यक्ष शेष घलेकै पालामा शुरू भएको भिजन २०२० लगायतका अन्य संस्थागत योजनाहरूको कार्यनयनको लागि पनि पन्तको अग्रसरता प्रभावकारी रहेको छ । आगामी दिनमा समेत सो एजेन्डा पन्तको प्राथमिकतामै रहेको  छ ।

सामाजिक कर्मको भोक र विदेशमा कमाएको पूँजी, ज्ञान र हासिल गरेको क्षमतालाई मातृभूतिमा समर्पण गर्ने उद्देश्यले सन् २००४ बाट एनआरएनए अभियानका जोडिएका पन्त सहयोगी मनकारी र मिलनसार व्यक्तित्वका रुपमा चिनिनुहुन्छ ।  त्यसो त  भूकम्प होस् या तराईका फाँटमा आएको बाढीले विक्षिप्त मन नै किन नहोस् पन्त तुरुन्तै प्रभावित स्थानका जनताको घाउमा मलम लगाउन पुगिहाल्नुहुन्छ ।

विदेशमा आर्जन गरेको पूँजी मात्रै होइन ज्ञान, सीप, प्रविधी र क्षमता समेत नेपालमा भित्र्याएर समृद्ध मुलुक निर्माणमा एनआरएन अभियानलाई पनि सँगसँगै अघि बढाउने र लगानीको विषयलाई नारामा मात्र सिमित नगरी कार्यन्वयन गरेर प्रभावकारी परिणाम हासिल गर्ने योजना उहाँको छ ।


प्रकाशित | ८ भाद्र २०७६, आईतवार १७:३८