एनआरएनए युरोप संयोजक शिव कुमार बरुवालको आइसिसी सचीव पदमा उम्मेदवारी घोषणा

बेल्जियम : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसीको सचिव पदमा यूरोप संयोजक शिव कुमार बरुवालले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोबर १५- १७ काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा बरुवालले सचीव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

बरुवालले एनआरएन अभियानलाई अगाडि बढाउन, कार्यदक्षता र क्षमतालाई अझ सशक्त बढाउनको लागि आइसिसी सचीवमा जाने निर्णय गरेको विश्व सन्देश अनलाइनलाई बताउनुभयो । उम्मेदवार बरुवालले युरोप संयोजकमा २ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै एनआरएन अभियानमा आफूलाई सक्षम शावित गराउनुभएको छ ।

एनआरएन अभियानलाई अझ समृद्ध र सुदृढ गरि सबै गैर आवासीय नेपालीहरुको साझा आवाजलाई बुलन्द गर्दै एनआरएनको नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एनआरएनलाई अझ बलियो पार्ट्नरको रुपमा स्थापित गर्न सचीव पदमा उम्मेद्बारी दिन लागेको बरुवालको भनाइ छ ।

एनआरएनए बेल्जियमको स्थापनाकालदेखि एनआरएन अभियानमा लाग्दै आउनुभएको बरुवाल संस्थाका हरेक गतिविधिमा समेत सक्रिय हुनुहुन्छ । २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुदैं औपचारिक रुपमा एनआरएनको जिम्मेवारी शूरु गर्नुभएको बरुवालले २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव,  २०११–२०१३ मा एनआरएनए आइसिसी सदस्य र हाल (२०१७- २०१९ ) मा एनआरएन युरोप संयोजकमा रही कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।

२ वर्षे यूरोप संयोजकमा रहँदा एनसिसी विस्तार अभियानदेखि अन्य विभिन्न कार्यमा समेत बरुवालको महत्वपूर्ण योगदान छ । बरुवालको कार्यकालमा यूरोपको माल्टा , स्लोभाकिया जस्ता देशहरुमा एनआरएनए एनसिसी गठन भई अहिले निकै सक्रिय छन् । बरुवाल अहिले युरोप क्षेत्रमा २८ वटा देशमा एनआरएनको एनसिसी गठन भइसकेको बताउनुहुन्छ ।

त्यस्तै,  बरुवालले आफ्नो कार्यकाल २०१८ मा लक्जम्बर्गमा र २०१९ मा इटालीमा यूरोप क्षेत्रीय बैठक सम्पन्न गर्नुभयो । २०१८ मा लक्जम्बर्गमा प्रथम पटक नेपालका परराष्ट्र मन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरि एनआरएनले शूरु गरेको विदेशी पूँजीसँगै ज्ञान, सिप र प्रविधि भित्याउने अभियानलाई अगाडि बढाउन सफल हुनुभयो ।

त्यस्तै, इटालीमा यही अगस्टमा आयोजना गरिएको क्षेत्रीय बेठक अहिलेसम्मकै ऐतीहासिक र भब्य रुपमा सम्पन्न गर्न सफल हुनुभयो । बैठक नेपाल सरकारको तर्फबाट कानुन मन्त्री, युरोप भरिका राजदुत, पर्यटन सचिव, नेपाल भ्रमण वर्षका संयोजक सुरज वैद्यलगायत एनआरएन अभियन्ता तथा अग्रजहरुको सहभागीतामा सम्पन्न गरिएको थियो ।

सोही अवसरमा नेपाल भ्रमण वर्ष २०२० यूरोपको औपचारिक शुभारम्भ समेत गरिएको थियो । ठूलो संख्यामा इटालीका नागरिकलाई सहभागी गराएर उद्घाटन गरिएको नेपाल भ्रमण वर्ष यूरोपले नेपाल भ्रमण वर्षलाई सफल बनाउन ठूलो योगदान गर्ने विश्वास लिइएको बरुवालले बताउनुभयो । साथै, इटाली भेलामा कानुन मन्त्रीले गैर आवासीय नेपालीले पाउने नेपाली नागरिकताको विषय, जग्गा जमिन, सम्पत्तिको विषयमा स्पष्ट पार्नुभएको थियो । विगतमा भन्दा यो बैठक पहिलो पटक यूरोपभरिका राजदूतलाई एकै थलोमा भेला भएर कुटनीतिक क्षेत्रका गहकीला विषयमा बहस गर्न .सफल भएको थियो । यस अर्थमा पनि विगतका भन्दा यूरोप बैठक निकै भब्य र सब्य तथा ऐतीहासिक भन्न सकिन्छ ।

बरुवाल सन २००० मा अध्ययनको क्रममा बेल्जियममा पुग्नुभएको थियो । बेल्जियम पुगेसँगै बरुवाल बेल्जियमका विभिन्न सघ सस्थाको सस्थापक हुँदै हाल बेल्जियमका सबै क्रियाशिल संघ–संस्थाहरुमा प्रत्यक्ष /अप्रत्यक्ष रुपमा संलग्न हुनुभयो । आफुलाई सामाजिक क्षेत्रमा स्थापित गराउँदै आउनुभएको बरुवाल नेपालको दुर्गम क्षेत्रमा परेको बेलामा सहयोग गर्नेदेखि परोपकारी कार्यमा समेत अगाडि हुनुहुन्छ ।

बेल्जियममा नेपाली सामाग्रीहरुको प्रर्वद्धन गर्दै ब्यवसायिक रुपमा नेपाली सामाग्रीहरुको डिपार्टमेन्ट स्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होल्शेल स्टोर सफलतापूर्वक सञ्चालन गर्नुभएको छ । बरुवालले हाल बेल्जियमका ब्यवसायीहरुलाई एकीकृत गरि सामुहिक रुपमा नेपाल हाइड्रो र कृषि क्षेत्रमा लगानी भित्र्याउने कार्यमा लागिपर्नुभएको छ ।

बरुवाल नेपाल पर्यटन बोर्डको तर्फबाट बेल्जियमका लागि मार्नाथ पर्यटन दुत समेत हुनुहुन्छ । दूत भएको कारण बरुवालले बेल्जियम र युरोपका हरेक क्षेत्रको पर्यटन प्रबर्द्धनमा पनि विभिन्न कार्ययोजना बनाएर सक्रियतापूर्वक लागिपर्नुभएको छ । बरुवाल विभिन्न सामाजिक संघसंस्था, परोपकारी कार्य हुँदै एनआरएनमा लामो समयदेखि सक्रियतापूर्व लाग्दै आउनुभएको र आफनो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न सक्ने भएको कारण आगामी निर्वाचनमा आइसिसी सचीवबाट अगाडि बढ्दै एनआरएन अभियानमा .आफूलाई क्रियाशील बनाउन लागिपर्नुभएको हो ।


प्रकाशित | ८ भाद्र २०७६, आईतवार ११:३९