बारामा फेरि आयो हावाहुरी र असिना : पीडित थप पीडामा

बारा :  एक साताअघि आँधीबाट प्रभावित बस्तीमा फेरि असिना, पानी र हुरी आएको छ । बारामा मंगलबार बिहान असिना पानीसहित हुरी आएको हो । बारामा हुरी र असिनाले गहुँ, मकै, तरकारी, केरा खेतीमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। हुरीका कारण रुख, विजलुीका खम्बा समेत ढलेको छ । पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ। सिमरामा रहेको अल्पाइन गार्मेटमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ। गार्मेन्टको भान्साघरको जस्ताको छानो उडाएको छ।

हावाहुरीले फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाई नगरपालिकामा आँधी पीडितको त्रिपालमा वर्षा र हुरीले क्षति पुर्‍याएको छ। असिना–पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले बाराको उत्तरी भेगका निजगढ नगरपालिका, सिमरा उपमहानगरपालिका क्षेत्रमा बढी प्रभाव परेको छ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १२:३०