मोदीको सपथग्रहणमा प्रधानमन्त्री ओली दिल्ली जाने

काठमाण्डौ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुहुने भएको छ ।  प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन बिहीबार दिल्ली जान लाग्नुभएको हो । भारतबाट सोमबार औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच जेठ १७ गते शुक्रबार द्विपक्षीय वार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार १३:३०