संसद विघटनविरुद्ध रिट दायर गर्न १४६ सांसद सर्वोच्चमा

काठमाडौँ । संसद विघटनविरुद्ध रिट दायर गर्न १४६ सांसद सर्वोच्च अदालतमा पुगेका छन् । संसद विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न १४६ सांसद रिट दायर गर्न सर्वोच्च अदालतमा पुगेका हुन् ।

कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित १ सय ४६ जना निवेदकले निवेदन दर्ता गराएका छन् ।

रिटमा कांग्रेसका ६१, माओवादीका ४९, एमालेका २३ , जसपाका १२ र राष्ट्रिय जनमोर्चाका १ जना विघटित प्रतिनिधिसभाका सदस्यको हस्ताक्षर रहेको छ ।


प्रकाशित | १० जेष्ठ २०७८, सोमबार १७:३१