अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गर्नुभयो।

मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको छ । अभिनेत्री करिश्मा मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लाग्नुभएको हो ।


प्रकाशित | ८ चैत्र २०७८, मंगलवार १४:५०