लाभांश ६.५० प्रतिशत दिने सेञ्चुरी बैंकको निर्णय

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ६.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । आफ्ना सेयरधनीलाई बैंकले कुल चुक्ता पुँजीको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३ सय २९ रुपैयाँको दुई प्रतिशतले हुन आउने १६ करोड ५० लाख ९ हजार २ सय ४७ रुपैयाँ बराबरको सेयर लाभांश दिने निर्णय गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमका अनुसार बैंकले चुक्ता पुँजीको ४.५ प्रतिशतले हुन आउने ३७ करोड १२ लाख ७० हजार ८ सय ५ रुपैयाँ लाभांश दिने निर्णय भएको हो । लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने अधिकृत गौतमले जानकारी गराउनुभयो ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार १७:२१