अर्घाखाँचीमा जीप दुर्घटना : ३ को मृत्यु, ११ घाइते

काठमाडौं: अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। चण्डिखर्कबाट प्युठान जाने क्रममा लु १ ज १२२९ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जीप भूमिका नगरपालिका ८ लाप्टेबाज भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि ११ जना गम्भीर घाइते छन्। गम्भीर घाइते ११ जनालाई बुटवल लगिएको प्रहरीले जनाएको छ । थप विवरण भने आउँन सकेको छैन ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार १६:४४