एनआरएनए विधान समितिबाट राजीनामा दिर्दै डा. हेमराज शर्माको महासचिवमा उम्मेदवारी घोषणा

लन्डन : गैर आवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्माले विधान समिति सदस्यबाट राजीनामा दिदैं आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ । एक अपिल जारी गर्दै शर्माले विधान समिति सदस्यबाट राजीनामा दिदैं महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो । डा. शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक समेत हुनुहुन्छ ।


प्रकाशित | २५ श्रावण २०७६, शनिबार १७:०१