प्रदेश ३ को नाम बाग्मती राख्ने तयारी, स्थायी राजधानी हेटौडा

मकवानपुर : प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा, भक्तपुर, काभ्रे कि नुवाकोट भन्ने विषयमा सहमती जुटन सकिरहेको छैन । यद्यपी प्रदेश सरकारले प्रदेश ३ को राजधानी हेटौडा नै कायम गर्ने र नाम बागमती राख्ने भित्री सहमती जुटाएको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडा प्रदेशको स्थायी राजधानी पनि सोही ठाउँ नै गर्ने विषयमा नेकपाले सहमती जनाएको बताइएको छ ।

उता राजधानीको नाम भने बाग्मती राख्न प्रधानमन्त्री ओली समेत सराकात्मक देखिनु भएको बुझिएको छ । राजधानी हेटौडामा राख्नुपर्ने विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले अडान लिनुभएपछि अब राजधानी र नामको विषय टुंगिएको प्रदेश सभाका एक सदस्यले बताए । नेकपाका दुवै अध्यक्ष ओली र दाहाल हेटौंडा राजधानी राख्ने पक्षमा उभिए पनि कसरी र कुन तरिकाले स्थायी राजधानी राख्ने र नामाकरणका बारेमा प्रदेश सभाका सदस्यहरुलाई सर्कुलेशन गर्ने भन्नेमा अन्योल छ ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार ०८:५४