धरानमा बस पल्टिँदा ४ को मृत्यु, ३८ घाइते

सुनसरी : धरानमा बस पल्टिदा ४ जनाको मृत्यु भएको छ । धनकुटाबाट धरानतर्फ आँउदै गरेको ना ६ ख २७१३ नम्बरको बस पल्टिँदा ४ जनाको मृत्यु भएको हो । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलयले इटहरीका अनुसार बस पल्टिएर बिजुलीको पोलमा अगाडिपट्टीको भाग ठोकिएको थियो।

दुर्घटनामा परी पहिचान नखेलेकी सात महिनाकी बालिका, अर्की एक महिला, बसका चालक धरान १५ निवासी चक्रबहादुर गुरुङ, धनकुटा चौबिसेका ५६ वर्षीय दलबहादुर मगरको मुत्यु भएको प्रहरीले जनएको छ । चालक गुरुङ र नावालीकाको घटनास्थलमै मृत्यु भएको अन्यको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ । घाइते हुने ३८ जनामा बिपी प्रतिष्ठान धरान लगिएको छ ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार १६:००