खलनायक बन्ने इच्छा छ : अभिनेत्री नम्रता

काठमाडौँ : नायीका नम्रता श्रेष्ठले खलनायकमा अभिनय गर्ने इच्छा रहेको बताएकी छन् । आज काठमाडौँमा फिल्म ‘जाइरा’को ट्रेलर रिलिज कार्यक्रमा उनले आफुलाई अहिलेसम्म म पोजेटिभ भूमिकामा मात्र देखिएकी भन्दै अब नेगेटिभ रोल गर्ने इच्छा रहेको बताएकी हुन् । उनले भनिन, ‘अहिलेसम्म म पोजेटिभ भूमिकामा मात्र देखिएकी छु । तर, मलाई नेगेटिभ रोल गर्ने इच्छा छ, ‘जाइरामा नकारात्मक भूमिकामा रहेकी श्रृजना रेग्मीको क्यारेक्टर निकै मन परेको थियो । तर गर्न पाइन ।’उक्त फिल्ममा उनी मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेको बताइएको छ ।


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार १०:१६