खेलाडी उत्पादनमा अघि बढ्दै मोरङको ब्राईटफ्युचर स्कुल

मोरङ । जिल्लामा भर्खरै सम्पन्न सुन्दरहरैचा नगरपालिका नगरस्तरीय अन्तरविद्यालय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा वडा नं ८ सलकपुरमा रहेको ब्राईटफ्युचर स्कुलले छात्रातर्फको भलिबल प्रतियोगितामा उपाधि हात पार्यो । फागुन ५ देखि ७ गतेसम्म प्रस्तावित इन्द्रपुर रंगशालामा भएको सो प्रतियोगितामा १५ सय मिटर रेस तर्फ ब्राईटफ्युचरकै निशान्त श्रेष्ठ र ४ सय मिटर तर्फ अभिशेख खवास उपविजेता बने । तेक्वान्दो तर्फ विना खड्काले तृतीय स्थान हासिल गरिन् ।

राष्ट्रिय स्तरको भलिबल खेलमा भाग लिनको लागि प्रदेश १ बाट ब्राईटफ्युचरका खेलाडी काठमाडौं प्रस्थान गरिसकेको प्याब्सन प्रदेश १ का अध्यक्ष तथा विद्यालयका प्रिन्सीपल टिकाराम ढकालले जानकारी दिनु भयो । नगरपालिका, जिल्ला हुँदै राष्ट्रिय स्तरमा विद्यार्थीलाई प्रतिस्पर्धा गराउन सक्नु आर्फैमा गौरबको विषय भएको प्रिन्सिपल ढकाल बताउँनु हुन्छ ।

यस अघि विराटनगरमा भएको बाह्रौ प्याब्सन स्पोर्टस मिटमा पनि सो विद्यालयले छात्रापर्फको भलिबल प्रतियोगितामा उपाधि हात पारेको थियो । विद्यालयले जिल्लामा नै खेलकुद क्षेत्रमा निकै राम्रो स्थान ओगट्न सफल भएको छ । विद्यालयका विद्यार्थी खेलकुदका क्षेत्रमा निकै नै अब्बल देखिएका छन् । विगतबाट नै विद्यालयले खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको प्रिन्सिपल ढकालले बताउनु भयो । खेलकुद शिक्षक नै नियुत्त गरेर विद्यार्थीहरुलाई निरन्तर प्रशिक्षण दिदै आएको छ । अझ विशेषगरि भलिबल तर्फ विद्यार्थीहरुले उत्कृष्ठ प्रदर्शन गर्दै आएको प्रिन्सिपल ढकाल बताउनु हुन्छ ।


बाह्रै महिना खेलकुदमा रुचि भएका विद्यार्थीलाई सहभागी गराई प्रशिक्षण्ककका दिइने गरिएको छ । खेलकुदसम्बन्धी आवश्यक सीप सिकाएकै कारण विद्यार्थीहरुले पनि क्रमशस् उत्कृष्ट नतिजा निकाल्दै आएका छन्। शिक्षा क्षेत्रमा जिल्लामा नै उत्कृष्ठ रहेको विद्यालयले खेलकुदमा पनि लोभलाग्दो प्रदर्शन गर्दै आएको छ । विद्यालय विसं २०४८ सालमा स्थापना भएको हो । हाल पीजी देखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।


प्रकाशित | ८ फाल्गुन २०७९, सोमबार २१:४६