राष्ट्र बैंकले बैंकसँग माग्यो ७ लाखभन्दा बढीको कारोबार विवरण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सबै बैंकहरुलाई पत्राचार गर्दै ७ लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सुरपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको बारेमा स्थलगत निरीक्षण गर्ने गरेको छ ।


प्रकाशित | २० माघ २०७८, बिहीबार २०:४६