सार्वजनिक यातायात बिहान ५ बजेदेखि राति १० बजेसम्म चलाउनैपर्ने

काठमाडौँ : काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा तीर्थराज बस्नेतले लेख्नुभएको छ । आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो । पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार ०८:३६