डोटीमा गोली लागेर एकको मृत्यु

काठमाडौं :  डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ स्थित तल्लो डाँडावनमा गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर आदर्श गाउँपालिका–५ बस्ने १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार गए राति करीब १०ः४५ बजे ५० वर्षीय जङ्गे भुलले सलामी डाँडावनमा आएका जङ्गली जनावर धपाउनलाई गोली हान्दा तपेशको टाउकोमा गोली लागेको हो । गोली प्रहार गर्ने जङ्गे भुल र उनले प्रयोग गरेको भरुवा बन्दुक प्रहरी चौकीमा नियन्त्रणमा लिएको बताइएको छ ।


प्रकाशित | १९ श्रावण २०७६, आईतवार १०:२०