अमेरिकाबाट एसी शेर्पाको आइसिसी सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाबाट प्रतिनिधित्व गर्दै एसी शेर्पाले आइसिसी सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा शेर्पाले ‘आर्थिक अनुशासन र पारदशीता’को लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिउको बताउनुभएको छ । एनआरएन अभियानमा तल्लो तहदेखि अनुभव बटुल्दै लग्नुपर्छ र एनआरएनलाई आर्थिक पारदर्शी बनाउँदै आर्थिक रुपमा सवल बनाउनुपर्छ भन्ने उद्देश्यले शेर्पाले सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेको विश्व सन्देश अनलाइनलाई जानकारी गराउनुभयो ।

एनआरएनमा राम्रो छवी बनाउनुभएको शेर्पाले एनआरएन अमेरिकाज् क्षेत्रको डिआरसीको पदमा रहेर इमानदरीपूर्वक जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । शेर्पा यसअघि आरसीको प्रतिस्पर्धी समेत हुनुहुन्थ्यो । विश्वभरीका सबै साथीहरुको माग अनुसार आफूले सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरिएको शेर्पाले बताउनुभयो ।

शेर्पाले विश्वभरी करिव ८० लाख गैर आवासीय नेपालीको साझा संस्था एनआरएन आर्थिक रुपमा आफैमा बलियो हुन जरुरी रहेको भन्दै यसलार्ई कसरी संस्थागत हिसावले आर्थिक रुपमा बलियो बनाउन सकिन्छ भन्ने आफनो लक्ष्य रहने बताउनुभयो । यसै साता मात्र अमेरिकामा लाखौ खर्च गरेर भिजीट नेपाल २०२० लाई लक्षीत गरि विजनेश कोलाबोरेशन सम्मेलन आयोजना गर्नुभएको शेर्पा वाशिङटनका लागि नेपाल सरकारको वाणिज्यदुत समेत हुनुहुन्छ ।


प्रकाशित | १८ श्रावण २०७६, शनिबार १३:५६