इटालीको रोमबाट ‘भिजिट नेपाल २०२०’ यूरोपको औपचारिक शुभारम्भ

इटाली (रोम) : ‘भिजिट नेपाल २०२०’ को यूरोप औपचारिक शुभारम्भ गरिएको छ । –गैर आवासीय नेपाली संघ (एनआरएन) १२ औं युरोपेली क्षेत्रीय बैठकको पूर्वसन्ध्यामा इटालीको रोमबाट औपचारिक शुभारम्भ गरिएको हो । नेपाल सरकारको तर्फबाट कानूनमन्त्री भानुभक्त ढकालले पानसमा बत्ती बालेर इटालीको रोमस्थित होटल इरिग्रिफमा भ्रमण वर्ष २०२० को शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ को बारेमा कानूनमन्त्री भानुभक्त ढकाल , नेपाली काङ्ग्रेसका नेता शेखर कोइराला पर्यटन सचिब मोहनकृष्ण सापकोटा, भ्रमण वर्ष संयोजक सुरज बैध एनआरएनए अध्यक्ष भवन भट्टलगायत आफ्नो धारणा राख्नुभएको थियो । यस्तै युरोपका विभिन्न देशमा रहेका नेपाली राजदुतहरु, युरोपका विभिन्न देशका नागरिकहरु र एनआरएनहरुबीच बहस र छलफल भएको थियो ।

एनआरएन युरोप संयोजक शिव बरुवालका अनुसार बैठकमा नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्ने पनि उद्देश्य रहेको छ । बैठकअघि इटालीका एक सय भन्दा बढी व्यापार एवं पर्यटन व्यवसायी, स्थानीय नगरपालिकाका बिशिस्ट ब्यक्तित्व नेपाल सरकारका मन्त्री, नेपाल पर्यटन वर्षका २०२० का कार्यक्रम संयोजक, नेपाल पर्यटन बोर्ड का प्रतिनिधि गैरआवासीय नेपाली संघका पदाधिकारी लगायतको उपस्थितिमा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य, नेपाली कांग्रेसका नेता शेखर कोइराला, यूरोपस्थित नेपाली राजदूतावासका सबै राजदूत एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसीलगायत पदाधिकारी तथा आइसिसी सदस्यहरुको सहभागिता रहनेछ । साथै विभिन्न राष्ट्रिय समन्वय समितीका पदाधिकारी, एनआरएन अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत गरी करीब ५ सय जना प्रतिनिधी सहभागीता रहेको एनआरएनए यूरोप संयोजक बरुवालले जानकारी गराउनुभयो ।


प्रकाशित | १८ श्रावण २०७६, शनिबार १२:२०