शतकबाट स्मिथको पुनरागमन

एजेन्सी : बहुचर्चित टेष्ट सिरिज ‘एसेज सिरिज’ अन्तर्गतको पहिलो टेष्टमा अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले शतकीय इनिङ्स खेलेका छन् । इंग्ल्याण्डको एज्बास्टनमा बिहिबार टेष्टको पहिलो इनिङ्समा स्मिथले शतक बनाएका हुन् । स्मिथले १४४ रनको योगदान दिए । यो उनले २४ औं टेष्ट शतक हो । यस्तै स्मिथ विश्व टेष्ट च्याम्पियनसिपमा शतक बनाउने पहिले ब्याट्सम्यान बनेका छन् । यस सिरिज आईसीसीको टेष्ट च्याम्पियनसिप अन्तर्गतको हो ।

दक्षिण अफ्रीकाविरुद्धको खेलमा बेल टेम्परिङको आरोपमा एक बर्षे प्रतिबन्धपछि पहिलो टेष्ट खेलेका स्मिथले पहिलो खेलमै शतक बनाएका हुन् । पहिलो टेष्टमा शतक बनाउदै स्मिथले उत्कृष्ट पुनरागमन गरेका छन् । स्मिथको शतकसँगै अष्ट्रेलियाले पहिलो इनिङ्स अलआउट हुँदै २८४ रन जोडेको छ । खराब सुरुवात गरेको अष्ट्रेलियाले स्मिथको शतकसँगै सम्मानजनक स्कोर बनाएको हो । यस्तै पिटर सिड्लेले ४४ तथा टिम हेडले ३५ रन जोडे । इंग्ल्याण्डका स्टुवार्ड वोर्डले ५ विकेट लिए । क्रिस वोक्सको नाममा ३ विकेट रह्यो । अष्ट्रेलियालाई अलआउट गर्दै पहिलो इनिङ्स थालेको इंग्ल्याण्डले २ ओभरमा बिना विकेटको क्षतिमा १० रन जोडेको छ ।


प्रकाशित | १७ श्रावण २०७६, शुक्रबार ११:३४